back
CTIZAN AD

रूसद्वारा सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति : पुटिन

वि.सं.२०७६ पुस १ मंगलवार

645 

shares

१ पुस, मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् ।

उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस वर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ ।

“अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,” पुटिनले विदेशी मुलुकसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भने ।

यस बर्ष रूसमा सात वटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवद्र्धनमा थप टेवा पुगेको उनले बताए ।

यस वर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ ।

राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धिसङ्गठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकलाई प्राथमिकता दिने उल्लेख छ ।

वि.सं.२०७६ पुस १ मंगलवार ११:२२ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...