back
CTIZAN AD

आज पनि कांग्रेस बैठक अनिश्चित

वि.सं.२०७६ पुस २ बुधवार

966 

shares

२ पुस, काठमाडौँ । मुख्य विपक्षी दल नेपाली कांग्रेसको चालु केन्द्रीय समिति बैठक आज बुधबारलाई डाकिएको छ । मसिंर ३० गते सोमबार देखि स्थगित गरिएको बैठक बुधबार पनि बस्ने नबस्ने निश्चित नभएको पार्टी उच्च स्रोतले बताएको छ ।

महाधिवेशनको मिति र  विभागको गठन विषय पेचिलो बन्दै जाँदा चालु बैठक पनि अनिश्चित बनेको हो । मंगलबार ३ पटक संस्थाापन र पौडेलपक्षकाबीचमा वार्ता भएपनि सहमति हुन नसकेको बताइएको छ । बैठक अनिश्चित भएसँगै सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द पौडेलपक्षबीच दूरी बढ्दै गएको छ ।

यहीबीचमा तेस्रो पक्षका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो सक्रियता बढाएका छन् । सभापती देउवा, वरिष्ठ नेता पौडेलको बार्ताटोलीबीच सहमति बन्न नसकेपछि नेता सिटौला मंगलबार राति अबेरसम्म सक्रिय रहेका थिए ।

नेता सिटौलाको सक्रियताले भात्रृसंगठन र विभाग गठनमा विवाद केही साँघुरिएको छ  सिटौलापक्षीय एक नेताले संसार न्यूजलाई बताएका छन् । ती नेताका अनुसार ‘त्रीपक्षिय सहमति हुने सम्भावना देखिए पनि भागवन्डा मिलिसकेको छैन । ’ तरुणदल र नेविसंघको भागबन्डामा कुरो अड्किएको ती नेताले बताए ।

स्रोतका अनुसार तरुणदल र नेविसंघमध्ये एकको नेतृत्व पौडेल पक्षले मागेको छ । यता सिटौला पनि आफ्नो सम्मानजनक सहभागिताबिना संगठन समायोजन, भात्रृसंस्था नेतृत्व र विभागको नेतृत्व नटुङिगने बताइरहेका छन् । यसैका लागि सिटौलाले सक्रियता बढाएको स्रोतको दाबी छ । स्रोतका अनुसार विवाद मिलाउन घनिभूत बार्ता भइरहेका छन् ।

सिटौलाले देउवा र पौडेलका वार्ताटोली सहित सभापति देउवा र नेता पौडेलसँग पनि वार्ता गरेका छन् । यसबाहेक अन्य दोस्रो तहका नेता पनि सक्रिय भएकाले आज मध्यान्हसम्म विवाद मिल्न सक्ने श्रोतको दाबी छ । आाजपनि बार्ता निष्कर्षमा नपुगे आजको बैठक दुई दिनका लागि स्थगित गर्न सकिने एक नेताले बताए ।

वि.सं.२०७६ पुस २ बुधवार ०९:५५ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...