back
CTIZAN AD

यस्तो छ तपाईको आज( पुस ३ गते) को राशिफल

वि.सं.२०७६ पुस ३ बिहीवार

834 

shares

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े
हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन् ।

वृष राशि – इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे
स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ  ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, हो
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डोे
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। ईष्र्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला ।

कन्या राशि – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेत गर्दा नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

तुला राशि – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, युे
उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। अचल सम्पत्तिको उपयोगबाट लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। तर फाइदाको रकम अरूको हातमा पर्न सक्छ। खर्चिलो कामका लागि सरसापट लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको आम्दानी घट्न सक्छ ।

धनु राशि – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ ।

मकर राशि – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। सेवामूलक काममा जुट्नेहरूलाई भने फाइदै हुने समय छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, दा
समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ  ।

२०७६ पुस ३ गते बिहीबार
उपप्रा, लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य ९८४१३५२१६४

यस्तो छ तपाईको आज (पुस २ गते) को राशिफल

वि.सं.२०७६ पुस ३ बिहीवार ०७:११ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...