back
CTIZAN AD

उच्च शिक्षामा अगाडि बढ्दै मुक्त कमलरी

वि.सं.२०७६ पुस ३ बिहीवार

585 

shares

३ पुस, दाङ । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दै आएका पूर्वकमलरीहरुले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् ।

कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्वकमलरीहरु सामान्य मात्र नभएर उच्च शिक्षा अध्ययन गर्न थालेका हुन् ।

विभिन्नसरकारी तथा गैरसरकारी संस्थाको पहलमा पूर्वकमलरीहरुले शिक्षा शिक्षा क्षेत्रमा प्रगति गर्न थालेका छन् । लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पूर्वकमलरी हुन्। उनले शिक्षा संकायमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेकी छिन् । अहिले कानुन विषय लिएर पनि स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेकी छिन् ।

मुक्त कमलरी विकास मञ्चले दिएको जानकारी अनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन् । १९१ जना स्नातक तहमा अध्ययनरत छन् । यस्तै ६८६ जना दश जोड दुई र २९६ जना कक्षा १० मा अध्ययनरत छन् । बिहीबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ पुस ३ बिहीवार ०७:५० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...