back
CTIZAN AD

३ प्रतिशत गरीबी घट्छ  – मन्त्री बाँस्कोटा

वि.सं.२०७६ पुस ४ शुक्रवार

720 

shares

४ पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा : आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताए ।

सरकारका प्रवक्ताले भने, “पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उनको धारणा थियो । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने दोहो¥याए । “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उनले भने । भारतसँग रु १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक रु एक खर्बको निर्यात हुन सफल हुने उनले जिकिर गरे ।

मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुखेसो पोखे । उनले भने, “उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।” सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेकाले गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतासमेत उनले औँल्याए ।

मन्त्री बाँस्कोटाले सामुदायिक र निजी शिक्षा एउटै हुनुपर्ने बताउँदै भन्नुभयो, “उत्पादित जनशक्तिबीच शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु हुँदैन, एउटै जनशक्तिलाई प्रतिस्पर्धात्मक भने बनाउनुपर्छ”, उनले भने । शैक्षिक संस्थाबाट उच्च प्रशासक, असल कृषक, नेता, चिकित्सक, इञ्जिनीयरलगायत जनशक्ति जन्मने भएकाले विद्यालयको शिक्षा गुणस्तरीय हुनु आवश्यक रहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले शिक्षकले कर्तव्य र जिम्मेवारी पूरा नगर्दा ‘भ्रष्टाचार’ हुने बताउनुभयो । उनले भने , “अब प्रधानाध्यापकसँग ‘करार सम्झौता’ हुनुपर्छ, रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ, यसो भयो भने गुणस्तरीयतामा ढुक्क बन्न सकिन्छ ।” आर्थिक, सामाजिक, भौतिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा शैक्षिक अवस्था कहाँ पुग्यो भनेर त्यसको अध्ययनबाट शिक्षामा थप सुधार गर्न सकिने उनले बताए । मन्त्री बाँस्कोटाले शिक्षाले आफ्नो देश र परिवेश दिलाउनुपर्ने उल्लेख गर्दै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा शिक्षक दत्तचित्त रहनुपर्ने उनको धारणा थियो । काभ्रेपलाञ्चोकमा २९ विद्यालय पुनःनिर्माण भइसकेको जनाउँदै यस वर्ष मात्रै विद्यालयका लागि रु दुई अर्ब बजेट छुट्याइएको जानकारीसमेत उनले दिए ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १६:१७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...