back
CTIZAN AD

देउखुरीलाई कृषि सुपर जोन बनाउन अध्ययन

वि.सं.२०७६ पुस ६ आइतवार

687 

shares

६ पुस, तुलसीपुर । प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ ।
देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ ।

किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य इन्द्रजित थारूले शनिबार स्थलगत अध्ययन गरे ।

काभ्रेको खोपासीमा रहेको स्रोतकेन्द्र आगामी दिनमा क्रियाशील हुुन नसक्ने भएपछि सरकारले वैकल्पिक स्थानको खोजी गरेको जनाइएको छ । प्रदेश नं ५ अन्तर्गत दाङ देउखुरीको गढवामा रेशमखेतीको स्रोतकेन्द्र सञ्चालन गरी दाङलाई नेपालकै रेशम स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुरुप जग्गाको खोजीमा लागेको किट विकास केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए ।

गढवामा हाल ११ किसानले कृृषिफार्म दर्ता गरेर झण्डै ६० बिघा क्षेत्रफलको जग्गामा रेशमखेती गरिरहेका छन् । गढवालाई रेशम सुपरजोनको रूपमा नेपाल र विश्वमै चिनाउने गाउँपालिकाको लक्ष्य रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

हाल गढवाको वडा नं १ बनबारी, वडा नं ३ गोबरडिहा, वडा नं ४ हडैया र लमही नगरपालिका-६ ढिकपुरमा गरी झण्डै ६० बिघा क्षेत्रफलमा रेशमखेती भइरहेको नमूना रेशमखेती फार्मका अध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिए ।

प्रदेश सरकारले गढवालाई रेशमखेती स्रोत केन्द्र, देउखुरीकै राजपुर गाउँपालिकालाई भैँसीपालन स्रोत केन्द्र, घोराहीलाई मौैरीपालनको स्रोत केन्द्रका रूपमा छनोट गरेको मन्त्रालयका अधिकृत श्रीधर ज्ञवालीले बताए ।

घोराहीमा माघी महोत्सव हुने

थारू कल्याणकारिणीसभा दाङको मुख्य आयोजना र विभिन्न सङ्घसंस्थाको सहआयोजनामा दाङको घोराहीमा माघी महोत्सव हुने भएको छ । थाकस दाङका अध्यक्ष भुवन चौधरीले दिएको जानकारीअनुसार शनिबार घोराहीमा भएको भेलाले यही पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो ।

महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँहरुको मघौटानाच, बर्कानाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने थाकस दाङका सचिव प्रकाश चौधरीले जानकारी दिए । साथै महोत्सवमा थारू जातिका विभिन्न मौलिक खानपिनको संवाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीको प्रदर्शनीसमेत रहने बताइएको छ ।

यसैबीच महोत्सवलाई सफल बनाउन थाकस दाङका सभापति भुवन चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
जेसिजको अध्यक्षमा सुनार
दाङको तुलसीपुर नगर जेसिजको अध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ । जेसिज वर्ष २०२० का लागि सुनारलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो ।

साथै कार्यकारिणी उपाध्यक्षमा एकराज भण्डारी र पूर्णबहादुर डाँगी, उपाध्यक्षमा मेघराज पोखरेल, वसन्त भण्डारी, कृष्ण पोखरेल, मदन गौतमलाई चयन गरिएको छ । त्यस्तै सचिवमा छविकुमार ओलीलाई सर्वसम्मत चयन गरिएको हो ।

जेसिज तुलसीपुरको सातौँ अधिशनले नयाँ कार्यसमिति चयन गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । नवनिर्माचित अध्यक्ष निर्वाचित अध्यक्ष सुनारले युवाहरुलाई एकढिक्का बनाएर लैजाने बताए ।

वि.सं.२०७६ पुस ६ आइतवार ०९:५४ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...