back
CTIZAN AD

संविधान संशोधन राष्ट्रिय हितमा नरहेको राप्रपाको निष्कर्ष

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

२१ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ ।

धुमबाराहीस्थित कार्यालयमा सोमबार सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले सरकारले सम्बद्ध पक्षसँग नयाँ समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले सो विधेयक तयार गर्दा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगरिएकामा खेद प्रकट गर्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दल तथा सरोकार पक्षका बीचमा सहमतिको वातावरण कायम गरेरमात्र संविधान संशोधनको विधेयकलाई अघि बढाउन सरकारलाई सुझाएको छ ।

स्वदेशी तथा विदेशी शक्तिबाट राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि नै प्रश्न चिह्न खडा गर्ने प्रयास भइरहेको अवस्थामा राज्य संयन्त्रको प्रभावकारितामा कमी आइरहेको बैठकले ठहर गर्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । संसद् अवरुद्ध गरिरहेका विभिन्न दललाई जनताका अधिकारलाई छलफल गर्ने थलोलाई अवरुद्ध नगर्न आग्रह गर्दै विधि र प्रक्रियाबाट समस्या खोज्न सुझाएको छ ।

संविधानको कार्यान्वयनका निमित्त २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसद्को चुनाव हुनु अनिवार्य रहेको ठहर गर्दै बैठकले अविलम्ब स्थानीय तहको चुनावको मिति घोषणा गर्नसमेत माग गरेको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:११ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...