back

संविधान संशोधन राष्ट्रिय हितमा नरहेको राप्रपाको निष्कर्ष

वि.सं.२०७३ मंसिर २१ मंगलवार

675 

shares
GLOBAL IME AD
NTC AD

२१ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ ।

धुमबाराहीस्थित कार्यालयमा सोमबार सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले सरकारले सम्बद्ध पक्षसँग नयाँ समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले सो विधेयक तयार गर्दा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगरिएकामा खेद प्रकट गर्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दल तथा सरोकार पक्षका बीचमा सहमतिको वातावरण कायम गरेरमात्र संविधान संशोधनको विधेयकलाई अघि बढाउन सरकारलाई सुझाएको छ ।

स्वदेशी तथा विदेशी शक्तिबाट राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि नै प्रश्न चिह्न खडा गर्ने प्रयास भइरहेको अवस्थामा राज्य संयन्त्रको प्रभावकारितामा कमी आइरहेको बैठकले ठहर गर्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । संसद् अवरुद्ध गरिरहेका विभिन्न दललाई जनताका अधिकारलाई छलफल गर्ने थलोलाई अवरुद्ध नगर्न आग्रह गर्दै विधि र प्रक्रियाबाट समस्या खोज्न सुझाएको छ ।

संविधानको कार्यान्वयनका निमित्त २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसद्को चुनाव हुनु अनिवार्य रहेको ठहर गर्दै बैठकले अविलम्ब स्थानीय तहको चुनावको मिति घोषणा गर्नसमेत माग गरेको छ ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:११ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...