back
CTIZAN AD

डा. महाविर पुनले दिए यस्तो स्पष्टीकरण

वि.सं.२०७६ पुस ८ मंगलवार

906 

shares

८ पुष, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले सामाजिक संजालमार्फत् स्पष्टीकरण दिएका छन् ।

शेयर बेचेर राष्ट्रिय आविस्कार केन्द्रले किन रकम संचालन नगर्ने ? भनेर सोधिएको प्रश्नको उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

यस्तो छ, सामाजिक संजालमार्फत् महाविरले दिएको स्पष्टीकरण

‘शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरुलाई स्पष्टीकरण निम्न अनुसार छन्

१.पहिलो कुरा यो केन्द्र मुनाफा बितरण गर्न नसकिने नपाइने संस्था भएकोले अर्थात पब्लिक वा प्रा.लि नभएको हुनाले कानुन अनुसार यसको नाममा शेयर बेच्न मिल्दैन । यो संस्थामा कसैको शेयर भन्ने हुँदैन र यो कुनै ब्यापारी समुहको निजी सम्पत्ति होइन । यो राष्ट्रकै सम्पत्ति हो र सम्पूर्ण नेपालीहरुको साझा सम्पत्ति हो ।

२. दोश्रो कुरा एक छिन लाई मानौं कानुन अनुसार शेयर बेच्न मिल्ने नै भएको भए तापनि यस केन्द्रले अनुसंधान तथा बिकासको काम गर्न भनेर शेयर बेच्नु हुँदैन अथवा जनतालाई झुटो आश्वासन दिएर हामीले शेयर बेच्नु हुँदैन । किन भने अनुसन्धान तथा विकास भन्ने कुरामा लगानी गरेर केहि समय पछी नै मुनाफा आउने भन्ने पटक्कै हुँदैन । साथै जनतालाई शेयर बेचेर त्यसको प्रतिफल दिन सकिने कुनै ग्यारेन्टी हुँदैन किन भने अनुसन्धान गर्दा ७० प्रतिशत भन्दा बढी नै अनुसन्धानका कामहरु असफल हुन्छन् । संसार भरि चलेको चलन यहि हो । यसमा लगानी गरेर त्यसको प्रतिफल पाउन लामो समय लाग्छा र प्रतिफल राष्ट्रले पाउँछ ।

३. तेश्रो कुरा जनताले शेयर किन्न सक्ने समय पनि आउदैंछ तर त्यसको तरिका एकदमै बेग्लै छ । अहिले नै राष्ट्रिय आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका ५, ६ ओटा जति बस्तुहरु छन् र तिनीहरुलाई उत्पादन गरेर बजारीकरण गर्नु पर्ने बेला आउंदैछ । ति बस्तुहरुलाई ब्यापारिकरण गर्न ईच्छुक नेपालीहरुले कम्पनी खोलेर सामानहरु उत्पादन गरी बेच्न सक्नु हुने छ र शेयर पनि बेच्न सक्नु हुने छ । तिनीहरु यस प्रकार छन्–बाँदर र जंगली जनावर तर्साउने मशीन, तरकारी तथा फलफुल लाई ३,४ हप्ता लामो समय सम्म भण्डारण गर्ने बाकस, बेबी वार्मर, बेबी इन्क्युबेटर, अदुवाको पेय पदार्थ, प्लास्टिकका बोतलहरु कच्याक कुचुक पर्ने मशीन, औषधि वितरण गर्ने ड्रोन र अरु केहि सामानहरु । यिनीहरु मध्यमा कुनै सामानमा पनि तपाईले लागानी गर्नु सक्नु हुनेछ अथवा यसरी स्थापना भएको छुट्टै प्रा.लि अथवा पब्लिक कम्पनीमा शेयर हाल्न सक्नु हुने छ । थप प्रश्न छ भने मलाइ फोन गरे हुन्छ ।

संसार भरीबाट नै धेरै दाताहरुले दान गर्नु भएको छ तर फुर्सद नभएकोले तपाईहरुको दानको विवरण फेसबुकमा पोस्ट गर्न सकेको छैन. केहि समय पर्खन अनुरोध गर्छु ।  ‘

महावीर पुनले बनाउँदै बाँदर धपाउने मेसीन

वि.सं.२०७६ पुस ८ मंगलवार ०८:३८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...