back
CTIZAN AD

जाडोमा हुन्छ हृदयघातको बढी खतरा, यसरी गर्नुहोस् आफ्नो ख्याल

वि.सं.२०७६ पुस ८ मंगलवार

1.3K 

shares

जाडोको मौसममा ३० प्रतिशत बढी हृदयघात हुने खतरा बढ्ने चिकित्सकहरु बताउँछन् ।

चिसोमा रक्तनली खुम्चदै जाने र रक्तचाप बढ्ने भएकाले यसमा सावधानी अपनाउन डाक्टरहरु सुझाव दिएका हुन् ।

जाडोमा ३० प्रतिशत बढी हृदयघात र २० प्रतिशत पक्षघात हुने डाक्टरहरु बताउँछन् । उनीहरुले जीवनशैलीमा परिवर्तन ल्याउन सके यस्ता समस्याबाट बच्न सकिने बताउछन् ।

कसरी हुन्छ त हृदयघात ?

-व्यायाममा ध्यान नदिनु

-तरकारी तथा फलफूल कम खानु

-पेटमा बोसो जम्मा हुनु

-उच्च रक्तचाप वा सुगरको समस्या हुनु

-धुम्रपान तथा मध्यपान गर्नु ।

हृदयघातबाट यसरी बच्नुहोस्
-हरेक विहान आधा घण्टा कतै बाहिर घुम्न जानुहोस् वा घरमै बसेर योगा तथा व्यायाम गर्नुहोस् ।

-सडकमा राखिएको तथा तारेको खानामा बढी जोड नदिनुहोस् ।

-सुगर, रक्तचाप, कोलेस्ट्रोलको रेगुरल चेकअप गर्नुहोस् ।

-मोटोपन बढी छ भने तौल घटाउनुहोस् ।

-नुन, चिनी, र चिल्लो बढी भएको खाना कम गर्नुहोस् यस्तो खानाले विपी, कोलेस्ट्रोल र सुिगर बढाउने सम्भावना बढी हुन्छ । साथै फास्टफुड कम गर्नुहोस् ।

-खानामा भातको मात्रा कम गरेर दाल गेडागुडीको मात्रा बढाउनुहोस् ।

-तनाव र रिस कम गर्दै जानुहोस् । यी पनि हट हट्याकको जोखिम बढाउने लुकेका कुरा हुन् ।

वि.सं.२०७६ पुस ८ मंगलवार १५:०२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...