back
CTIZAN AD

हमाललाई सुन्तलाको स्याहारसुसार गर्न भ्याईनभ्याई

वि.सं.२०७६ पुस ८ मंगलवार

801 

shares

८ पुस, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका टीकाबहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहारसुसार गर्न भ्याईनभ्याई छ । यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकाले त झन् उनी बगैँचामै व्यस्त छन् । बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आए समय दिनसमेत पाउँदैनन् ।

आजकल हमाललाई भेट्न परे सुन्तलाकै बगैँचामै पुग्नुपर्छ । ५२ वर्षीया हमालले विगत ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् ।सुन्तला खेतीबाटै उनले वार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्छन् । “एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल सात लाखको बिक्री गरियो”, हमालले भने “यो वर्ष कम्तीमा पाँच लाख पर्ने अनुमान छ ।” सुन्तला लिन घरमै व्यापारी आउँछन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ । अहिले प्रतिकिलो ५० देखि ६० रुपँैयामा सुन्तला बिक्री हुन्छ ।

“यो पुख्र्यौली पेशा हो, मैले व्यावसायिकीकरण गरेको मात्र हुँ”, उनले भने, “घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।” उहाँले कूल १२ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । अहिले २५० बोटमा सुन्तला उत्पादन भइरहेको छ भने थप ४० हजार बिरुवा नर्सरीमा छन् । तीमध्ये अधिकांश बिरुवा बिक्री हुन्छन् ।

घरमा ६ जनाको परिवार छ । सुन्तलाका साथसाथै ११ बाख्रा र ११ घार मौरी पनि छ । घरखर्चका लागि बाख्रा र मौरीबाट पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । “घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ”, उनले भने । सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनी बताउँछन् । तर राज्यले तरकारी खेती लगायतका कृषिजन्य सामग्रीमा अनुदान दिँदा सुन्तला खेतीमा कुनै अनुदान नदिएको उनको गुनासो छ ।

सोही गाउँकै चन्द्र विकले पनि गत वर्ष ६० हजारको सुन्तला बिक्री गरे । नौ वर्षदेखि व्यावसायिक सुन्तला खेतीमा व्यस्त विकको बगैँचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाँच सय बिरुवा नर्सरीमा छन् । ६० वटा बिरुवाबाट शुरु गरेका थिए । विकले वर्षैपिच्छे आम्दानी बढाएका छन् । सुन्तला एकपटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झैँ स्याहार गर्न नपर्ने भएकाले सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ थियो । जिल्लामा पछिल्लो समय कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बिचौलियाको मारमा कृषक
गुल्मीमा सुन्तलाको उत्पादन बढेपनि भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । “टिपेर लामो समयसम्म राख्न मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ”, धुर्कोट गाउँपालिका–१ नयाँगाउँकी माया जिसीले भने, “आफूखुशी मुख्य राखेर व्यापारीले लैजान्छन् ।” आफूसँग ५० रुपैयाँ प्रतिकिलो लगेर बजारमा ८० देखि बढी मुख्यमा बेच्ने गरेको उहाँले बताउनुभयो । सिँचाइको अभाव, प्राविधिक ज्ञानको कमी लगायतका समस्याले पनि किसान मर्कामा परेका छन् ।

गत वर्ष रु २६ करोडको सुन्तला

सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ घोषणा गरेको छ । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । राम्रो मौसम, अनुदान लगायतका कुराहरुको तालमेलले गर्दा २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन”, केन्द्रका निमित्त प्रमुख तनबहादुर रानाले भन्नुभयो, “पोहोर साल २६ करोडको सुन्तला उत्पादन भयो, यस वर्षको तथ्याङ्क छैन ।”

यस वर्ष पुस महिनाको अन्त्यतिर मात्रै तथ्याङ्क आउने उनले बताए । उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने र बाँकी जिल्लाबाहिर निकासा हुने गरेको छ । गुल्मीमा कूल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ जसमध्ये ६६० हेक्टरमा ९.८ मेट्रिक टन यस वर्ष सुन्तला उत्पादन भएको छ । त्यसलाई न्यूनतम प्रतिकिलो रु ४० का दरले जोड्दा पनि रु २५ करोड ८७ लाखको सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । खुद्रा बजारमा भने सुन्तलाको भाउ भने प्रतिकिलो रु १२० सम्म रहेको छ ।

उत्पादन हुने मुख्य क्षेत्र

जिल्लाको मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा ८० हेक्टर जमीन सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ । बाँकी ३० हेक्टर जमीनमा व्यावसायिक सुन्तला खेती गरिएको छैन । मुसिकोट नगरपालिका–८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर छ । रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमीन सुन्तला उत्पादनका लागि योग्य छ ।

तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ । छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिँदै आएको छ । जहाँ २४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्रफल हो ।

सोही गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतीयोग्य जमीनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ । गुल्मीदरबारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल छ ।

त्यस्तै सोही गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका–६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमीनमा सुन्तलाको व्यावसायिक खेती गरिएको छ । सोही गाउँपालिका–१ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ ।

जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सोही गाउँपालिका–२ पीपलधारामा १३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल २०० हेक्टर रहेको छ । वडा नं ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । वडा नं ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ ।

मदाने गाउँपालिकाको भनभनेमा कूल ४० हेक्टर जमीन सुन्तला खेतीका लागि योग्य छ । तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिँदै आएको छ । सोही गाउँपालिकाको पुर्कोट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये जम्मा १० हेक्टरमा मात्र खेती गरिएको छ । कालीगण्डकी गाउँपालिकाको भुर्तङ्गमा कूल ३५ हेक्टर जमीन सुन्तला खेतीयोग्य छ ।

तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ । सोही गाउँपालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्य जमीनमध्ये ४० हेक्टरमा मात्र लगाइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १४:५५ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...