back
CTIZAN AD

जब अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री आगो निभाउन दमकल लिएर हिडे…

वि.सं.२०७६ पुस ८ मंगलवार

888 

shares

८ पुष, अष्ट्रेलिया । अष्ट्रेलियाको जंगलमा आगो लागेपछि त्यहाँका पूर्वप्रधानमन्त्री दमकलकर्मीहरुसँगै आगो निभाउन गएपछि त्यसको सामाजिक संजालमा व्यापक चर्चा भएको छ ।

पूर्वप्रधानमन्त्री टोनी एबोट शुक्रबार सिड्नीको जंगलमा लागेको आगो निभाउन पुगेका हुन् ।
१० वर्ष भन्दा बढी ग्रामिण क्षेत्रमा दमकल सेवामा स्वेच्छिक स्वयमसेवक भएर काम गरेका पूर्वप्रधानमन्त्री टोनी पहेलो रंगको ड्रेसमा रहेको फोटो सार्वजनिक भएको हो ।

उक्त फोटो बार्गो बीपी सर्भिस स्टेशनको रहेको बताइएको छ । जहाँ उनी आगो बुझाउने दमकलका कर्मचारीहरुलाई सहयोग गरिरहेका थिए । उनको उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि कमेन्टमा मानिहरुले सोधेका छन् ‘अन्य नेताहरु कहाँ गए ?’ उनीहरु पनि आएर आगो निभाउन सहयोग गर्नुपर्दछ ।’

६२ वर्षीय टोनी जब आगो निभाउन दमकलकर्मीका साथमा थिए तब उनका समर्थकले उनीहरुसँगै फोटो खिचाउनका लागि गरेको आग्रहमा उनले स्वीकार गरेको बताइएको छ ।
टोनी २०१३ देखि १०१५ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए ।

अष्ट्रेलियामा आगलागीकै कारण यहि सिजनमा दुईपटक आपतकालीन घोषणा गरिएको थियो । यो साता जंगलमा लागेको आगोले सिड्नी सहर घेरेको बताइएको छ । जसमा कयौं मानिसको ज्यान गएको, सातसय भन्दा बढी घरबार नष्ट भएको र दशौ लाख हेक्टर जमिन आगोको चपेटामा परेको बताइएको छ ।

आगलागीका कारण अष्ट्रेलियाको तापमान ४५ डिग्री पुगेको छ । आगो नियन्त्रणमा खटिएका दुई अग्नि नियन्त्रकको समेत मृत्युभएको बताइएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १४:४९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...