back
CTIZAN AD

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

वि.सं.२०७६ पुस ९ बुधवार

3.1K 

shares

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा लागेर बिहान ११ बजेर ३१ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

सूर्यग्रहणको सूतक भने आज राति बुधबार करिब राति ८ बजेर ४२ मिनेटदेखि नै बार्नुपर्ने र यस समयमा गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिकले भोजन गर्न नहुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

बिहीबार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण सुरु भएर ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ ।

करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि भोलीको ग्रहणलाई विशेष रुपमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने यस ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्ने बताइएको छ ।

खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्र बिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण औंसी र पूर्णिमामा लाग्छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ ।

यी राशिले हेर्न हुन्छ ग्रहण
बिहीबारको सूर्यग्रहण विशेषगरी धनु, बिश्चिक, कन्या, सिंह,मकर, वृष, मेष मिथुन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक असर पर्ने हुँदा सावधानी अपनाउन र ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने पनि ज्योतिषशास्त्रले बताएको छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो ।
यस समयमा विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टाअगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहणका समय आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत् गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

ग्रहण लाग्दा के के गर्नु हुँदैन ?
ग्रहण लागेको समयमा खाना तयार गरिएको छ भने त्यसलाई नखानुहोस् । ग्रहणको समयमा खाना खानु हुँदैन भन्ने शास्त्रमा उल्लेख द्ध । यदि खाना बाँकि रहेको द्ध र ग्रहणको समयमा परेको छ भने उक्त खाना पनि नखानु नै राम्रो हुन्छ ।

ग्रहण समयमा पूजा गर्नु हुँदैन । तर मन्त्र भने जप्न सकिने शास्त्रमा उल्लेख छ । ग्रहणका बेला ऊँ नम ः शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम : आदि मन्त्र जप्न सकिन्छ । साथै ग्रहणको समयमा पूजा पनि गर्न हुँदैन ।

ग्रहण लागेका बेला गर्भवती महिला बाहिर जानु हुँदैन । त्यस्तो बेलामा बाहिर जाँदा बच्चामा खरब असर गर्ने मान्यता रहिआएको छ । ग्रहणको समयमा विभिन्न खराब किरणहरू उत्पन्न हुने हुँदा यसकोअसर सिधा बच्चामा पर्दछ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो मानिन्छ ।

कुन राशीमा कस्तो असर पर्छ त सूर्यग्रहणको ?
मेष-मेश राशि भएका मानिसहरुका लागि सुर्य ग्रहण काममा रुकावट आउनुका साथै सन्तानमा पीडा हुन सक्छ । धनको हानीको सम्भावना समेत भएको बताइन्छ । मेष राशि हुनेहरुले विहानको समयमा रातो आसनमा बसेर पूजा गर्ने तथा मीठाइजन्य खानेकुरा दान गर्न ज्योतिषशास्त्र सुझाव दिन्छन् ।

वृष राशि-वृश राशि हुनेहरुका लागि अचानक चोटपटक लाग्नु तथा आँखाको समस्या बढ्ने बताइन्छ । स्वास्थ्यमा नदेखिने गरी समस्या आउने देखिन्छ । वृष राशि हुनेहरुले आँखा नदेख्ने व्यक्तिहरुलाई गुलियो खानेकुरा खुवाउनुका साथै ओम घृणि सुर्याय नम ः मन्त्र १०८ पटक जप्नु राम्रो मानिन्छ ।

मिथुन- मिथुन राशि भएकाहरुका लागि दाम्पत्य जीवनमा समस्या आउने देखिन्छ । सुर्य ग्रहणको असर तपाईको कारोबारमा पनि पर्न सक्छ । सुर्य ग्रहणले मिथुन राशिहरुलाई आर्थिक रुपमा कमजोर बनाउने बताइन्छ । यस्ता व्यक्तिहरुले दुःखी तथा गरिव मानिसहरुमा गहुँको खाद्य वस्तु र मिठाइ दान गरेर सुर्यको नमस्कार गर्नु राम्रो मानिन्छ ।

कर्कट-कर्कट राशि भएकाहरुका लागि सूर्य ग्रहणले काममा सफलता दिनुका साथै धन वृद्धि हुने बताइन्छ । सम्पत्ति वृद्धि हुने तथा फसिरहेको धन फर्काउन सकिने बताइन्छ । यस्ता व्यक्तिले सुर्यनारायणको सूर्याष्टक पाट र गरिव व्यक्तिहरुमा दान दिँदा राम्रो हुन्छ ।

सिंह-सिंह राशि भएकाहरुका लागि सुर्यग्रहणले पेटको समस्या बढाउनुका साथै धन लाभ गराउने योग रहेको छ । यस्तो अवस्थामा तपाईमा मनमा लागिरहेको विचार अरुसामु सुनाउँदा हानी हुने बताइन्छ । यस्ता व्यक्तिहरुले बिहानको समयमा सूर्यको नमस्कार गर्नु राम्रो हुने तथा स्वास्थ्यका लागि सूर्य मन्त्र ओम आदित्याय नम ? मन्त्र जप्नु राम्रो मानिन्छ ।

कन्या राशि – कन्या राशि हुनेहरुका लागि सुर्यग्रहण परिवारमा समस्या बढाउने बताइन्छ । साथै काममा समस्या उत्पन्न हुने र कारोबारमा पनि हानी हुने बताइन्छ । कन्या राशिका व्यक्तिहरुले भगवान गणेशको र सूर्य स्तोत्रको पाठ गर्नुका साथै गरिव तथा दिनदुःखीलाई मिठो खुवाउनु राम्रो मानिन्छ ।

तुला –तुला राशि भएका व्यक्तिहरुलाई सुर्य ग्रहण साथीहरुबाट धोका र आफ्नो बुवाको स्वास्थ्य बिग्रने बताइन्छ । नयाँ घर खरिद गर्ने योग रहेको छ । दाजुभाइ दिदी बहिनीमा मनमुटाव हुने देखिन्छ । यस्ता व्यक्तिले शिव भगवानलाई सम्झेर १०८ पटक शिव मन्त्र जप्नु राम्रो मानिन्छ ।

वृश्चिक-वृश्चिक राशि हुनेहरुका लागि सुर्य ग्रहण नाता कुटुम्बबीच झगडा बढाउने देखिनुका साथै धनको हानि हुने देखिन्छ । साथै घरमा झगडा बढ्नुका साथै आफ्नो रिशलाई नियन्त्रण गर्न नसक्दा हानी हुने बताइन्छ । यस्ता व्यक्तिले बिहान उठेर हनुमान चालिसाको पाठ गर्नु तथा गरिव तथा दिनदुःखीमा रातो कपडा र मिठाइ दान गर्नु राम्रो मानिन्छ ।

धनु-धनु राशि हुनेहरुका लागि सुर्यग्रहण स्वास्थ्य विग्रने र चोटपटक लाग्ने देखिन्छ । साथै आयु वृद्धि हुने तथा खर्चमा वृद्धि हुने देखिन्छ । यसबाट बच्नका लागि सूर्य भगवानको बाह्र नाममा जप गर्ने र विष्णु चालिसाको जप गर्नु उत्तम हुन्छ ।

मकर- मकर राशि हुनेहरुका लागि सुर्यग्रहण धन खर्च गराउने मानिन्छ । साथै आँखाको समस्या पनि उत्पन्न हुने र अत्यन्तै विवाद बढाउने बताइन्छ । सुर्यग्रहणमा परिवारजनको स्वास्थ्यको राम्रो ध्यान राख्नुपर्ने बताइन्छ । मकर राशिका व्यक्तिहरुले भगवान सुर्यको १०८ नाम जप्ने र गरिव तथा दिन दुःखीहरुलाई खाना खुवाउनु यसको नकरात्मक प्रभावबाट बच्ने सकिने उपाय रहेको बताइन्छ ।

कुम्भ-कुम्भ राशि हुनेहरुका लागि सुर्यग्रहण धन लाभ हुने बताइन्छ । साथै सन्तानको पीडा हराउने र पढाइ तथ रोजगारीको खोजीमा लागेका युवाहरुका लागि सुर्य ग्रहण शुभ मानिएको छ । यस्ता व्यक्तिले सुर्य ग्रहणको नकरात्मक प्रभावबाट बच्नका लागि आफ्नो वजन बराबर सातप्रकारका अन्न दान गर्नुका साथै गरिव तथा दिनदुखीलाई खाना खुवाउनु राम्रो मानिन्छ ।

मीन राशि- मीन राशि हुनेहरुका लागि सुर्यग्रहण कामगर्ने स्थानमा केही न केही परिवर्तन गर्नुका साथै मानशिक समस्या पनि हुन सक्छ । साथीहरुवीच विवादमा पर्न सकिन्छ । यस्ता व्यक्तिले विहानको समयमा रातो आसनमाथि बसेर सुर्यको स्त्रोत्र पाठ गर्नुका साथै गणेश भगवानलाई फ्रूल अर्पित गर्नु राम्रो हुन्छ ।

वि.सं.२०७६ पुस ९ बुधवार १६:१३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...