back
CTIZAN AD

खाद्यले गोदाममै कुहायो ४८ हजार किलो चामल

वि.सं.२०७६ पुस १० बिहीवार

744 

shares

१० पुस, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौँले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएको जनाउँदै खान अयोग्य भनेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा गोदाम नं २४ मा १० केजी र २५ किलोमा सिलबन्दी बोरामा ‘नेपाल खाद संस्थान ०७१ ७२’ उल्ल्ेख भएको तीन सय २३ क्विन्टल र गोदाम नं ३० मा १० र २० किलोका बोरामा एक सय ६४ क्विन्टल बासमती चामल पाइएको थियो । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस १० बिहीवार ०७:५९ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...