१० पुस, काठमाडौँ । गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा (अफिसियल भिसा) नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ ।
जथाभावी रुपमा औपचारिक भिसा दिन थालेपछि मन्त्रालयले त्यसलाई रोक्न भनेको हो । गृहले मंसिर दोस्रो साता सचिवस्तरीय निर्णय गरी साधारण राहदानी भए औपचारिक भिसा नदिन विभागलाई भनेको हो ।
‘ विभागको सिफारिसका आधारमा साधारण राहदानीवाहक पदाधिकारीलाई र तिनका आश्र्रित परिवारलाई पारस्पारिकताका आधारमा साधारण राहदानीवाहक पदाधिकारीलाई र तिनका आश्र्रित परिवारलाई पारस्पारिकताका आधारमा निःशुल्क गैरपर्यटकीय भिसा र पारस्पारिकताकै आधारमा शुल्क लिएर अध्यागमनबाट गैरपर्यटकीय भिसा जारी गर्ने’, पत्रमा भनिएको छ । बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ पुस १० बिहीवार ०८:११ मा प्रकाशित