back
CTIZAN AD

एकल महिलाको भेला सम्पन्न, केसी अध्यक्षमा चयन

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.2K 

shares

२१ मङ्सिर,भक्तपुर । नगरकोट नगरपालिकामा रहेका एकल महिलाको प्रथम भेलाले उजेली केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

समूहको उपाध्यक्षमा इन्द्रलक्ष्मी साखकर्मी, सचिवमा सोवर्णा केसी र कोषाध्यक्षमा राजमति न्हेमाफुकी तथा सदस्यहरुमा सुनिता पाण्डे, सुमित्रा अधिकारी, मीना पाण्डे, दीपा ढुङ्गाना, कमला तामाङ, सीता खड्का र विमला तामाङ चयन हुनुभएको छ ।
यसअघि कार्यक्रममा एकल महिला समूहका केन्द्रीय महासचिव कुन्दा शर्माले एकल महिलामा सीपको पहुँच पु¥याएर उनीहरुलाई कर्तव्य र अधिकारबारे सचेत गराउन समूहले ७३ जिल्लाका एक हजार ५५० गाविसमा शाखा विस्तार गरिसकेको बताउनुभयो ।
नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले नगरपालिकाले एकल महिलाको क्षमता अभिवृद्घि र आयआर्जनसम्बन्धी कार्य अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

सो समूहका संस्थापक अध्यक्ष रमिता कार्की, नवनिर्वाचित अध्यक्ष उजेली केसी, अक्सफामका प्रतिनिधि इन्दिरा फुयाँललगायतले समाजले एकल महिलाको पीडा कोट्याउनुभन्दा पनि उनीहरुको घाउमा मलम लगाउन सक्नुपर्नेमा जोड दिनुभयो । भेलामा सो नगरपालिकाका १३० एकल महिलाको सहभागिता थियो । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १२:११ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...