१३ पुष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ ।
नेकपाको उच्च स्रोतका अनुसार चालु बैठकमा रिक्त सभामुखमा उम्मेदवार चयन तथा वर्तमान उपसभामुखको व्यवस्थापन र बहुचर्चित एमसीसी प्रकरणको घनिभूत छलफल हुँदैछ ।
सभामुद पदसँग जोडिएको एमसीसी प्रकरण नेकपाका नेताहरुलाई टाउको दुखाइ बनेको छ । इन्डो प्यासीफिक रणनीति अन्तर्गत भए कुनै हालतमा संसदबाट पास गराउन नहुने भनेर नेकपा अध्यक्ष प्रचण्डले दोहो¥याइ दोहो¥याई अडान लिइरहेको बेला नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले इन्डोप्यासीफक डिजाइन अन्तर्गत नै भएको लिने नलिने निर्णय नेपालकै हो भनेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अप्ठ्यारोमा परेका छन् ।
एक महिना अगाडि कान्तिपुरलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्ती ओलीले एमसीसी रोकेर महराले नराम्रो गरेको अभिव्यक्ति दिएका थिए । उनै महरा करणी आशयको मुद्धामा धरौटी पनि नखुलाएपछि जेल बसिरहेका छन् ।
एमसीसी र सभामुख जोडिएकाले स्थितिमा दुई नेता बीच लेनदेन हुने सम्भावन उत्तिकै बढेको बताइएको छ । एमसीसी पास गर्ने शर्तमा प्रचण्डले अघि सारेको नाममा ओलीको समर्थन हुन सक्ने सम्भावना उत्तिकै रहेको छ । यो लेनदेन भयो भने अग्नि सापकोटाले असहजताका साथ सभामुख सम्हाल्नु पर्ने हुन्छ । उता महरा काण्डमा बढी आक्रामक भनेर प्रचार गरिएका र २ पटक संसदको नेतृत्व गरिसकेका सुवास नेम्वाङलाई सभामुख बनाउने कुरा पनि बलियो सँग नै उठेको छ । पूर्व एमालेबाट उनी एकल सम्भावना भएका व्यक्ति हुन भने पूर्व माओवादीबाट अग्निसँगै देव गुरुङ र पम्फा भुषालको पनि नाम चर्चामै छ ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एमसीसी र सभामुख जोडेर अभिव्यक्ति दिँदै आएको परिस्थितिका बीच भै रहेको चालु सचिवालयले मध्यमार्गी बाटो खोज्न समय लिन सक्ने सम्भावना पनि उत्तिकै छ ।
वि.सं.२०७६ पुस १३ आइतवार ११:४३ मा प्रकाशित






























