पौष १३ काठमाडौँ । अष्ट्रेलियाका फास्ट बलर पिटर सिडलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन । ३५ बर्षका पिटर सिडेलले अष्ट्रेलियाका लागि ६७ टेस्ट खेल खेलेका छन जसमा उनले २२१ विकेट लिएका छन ।
उनले अष्ट्रेलियाका लागि २० ODI र २ टि–२० खेल पनि खेलेका छन । उनले २० खेलमा १७ विकेट लिएका छन भने २ टि–२० खेलमा ३ विकेट लिएका छन । उनले २००८ मा भारत विरुद्ध भएको टेस्ट क्रिकेटबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवात गरेका थिए ।
वि.सं.२०७६ पुस १३ आइतवार ११:४९ मा प्रकाशित






























