back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२० भ्रमण दशकको आधार वर्ष: मन्त्री भट्टराई

वि.सं.२०७६ पुस १४ सोमवार

849 

shares

१४ पुष काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइृले सन २०२० देखि २०३० सम्मको दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने औपचारिक घोषणा गरेका छन । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भट्टाराइले उक्त घोषणा गरेका हुन ।

नेपाल भ्रमण बर्ष २०२० को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैं भट्टराईले यो भ्रमण वर्ष भ्रमण दशकको तयारी वर्ष रहेको जानकारी समेत दिए ।

नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिने भएको छ । यहि पुष १६ गते तदअनुसार २०२० जनवारी १ तारिकका दिन काठमाडौंको दशरथ रंगशालाबाट राष्ट्रपतिबाट भ्रमण वर्षको भव्य उद्घाटन गरिने छ । त्यसका लागि दशरथ रंगशालामा बिशेष तयारी गरिएको छ । सातैवटा प्रदेशका केन्द्रबाट सो दिन कार्यक्रम गरिने छ । भ्रमण वर्षमा बिभिन्न देशका पर्यटन मन्त्रीह्रुको पनि सहभागिता हुने बाइएको छ ।

“नेपाल भ्रमण वर्ष २०२० नेपालीहरुको आर्थिक संमृद्धिको आधार वर्ष हुनेछ ।“ मन्त्री भट्टराईले भने “सरकारको समृद्ध नेपाल सुखि नेपालीको नारालाई मुर्त तुल्याउन यो भ्रमण बर्ष महत्वपूर्ण हुनेछ, उक्त दिन सम्पूर्ण नेपालीहरुलाई दिपावली गर्नको लागि आव्हन गर्दछुु ।”

भ्रमण वर्ष सचिवालयका संयोजक सुरज बैद्यले भ्रमण बर्षको सम्पुर्ण तयारी सकिएको जानकारी दिंदै उद्घाटन बर्षको कार्यक्रहरुको बारेमा जानकारी दिएका छन । उक्त कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने तथा सो कार्यक्रमको पत््रयक्ष लिंक अन्य संचार माध्यमबाट पनि प्रसारण गर्ने व्यबस्था मिलाइृएको जानकारी दिए । भ्रमण वर्षको तयारीमा १०० भन्दा बढी संघसंस्थाको सहभागिता रहनेछ ।

वि.सं.२०७६ पुस १४ सोमवार १६:४२ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...