१६ पुस, काठमाडौँ । नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका रिक्त उलकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष प्रा डा बुद्धिबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीले मंगलबार विज्ञप्ति जारी गरी शीघ्र नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् ।
सरकारले ती विश्वविद्यालयका लागि उपकुलपति चयनका लागि ‘सर्च कमिटी’ गठन गरेको छ ।
वि.सं.२०७६ पुस १६ बुधवार १०:४५ मा प्रकाशित