१६ पुष, नयाँदिल्ली(एजेन्सि) । तिलक नगरस्थित पार्कमा एक २५ बर्षीय सोनु शर्मा नाम गरेका व्यक्तिले एक महिला साथीलाई पोस्तोल देखाउने क्रममा गल्तीले आफ्नै खुट्टामा गोली हान्न पुगेका छन ।
स्थानिय प्रहरीका अनुसार शुक्रबार दिउँसो उक्त घटना घटेपछि काकरोलका निवासी सोनु शर्मा आफ्नो साथी मेघासित दीनदयाल उपाध्याय अस्पताल पुगे । उनले प्रहरि समक्ष आफूलाई केही अज्ञात व्यक्तिले गोली हानेको कथा सुनाए । तर पुलिसले सोधपुछका क्रममा उनले नसाको तालमा अफैंलाई गोलि हानेको पत्ता लागायो ।
खलिज टाईम्सको अन लाईन संस्करणका अनुसार यो घटनामा उसकै साथी मेघाले बयान दिएको आधारमा सोनु शर्मालाई पक्राउ गरेको हो । प्रहरीले सोनुको साथी मनोजलाई पनि पक्राउ गरेर एउटा पेस्तोल बरामद गरेको छ ।
वि.सं.२०७६ पुस १६ बुधवार १५:३६ मा प्रकाशित





























