back
CTIZAN AD

जयललिताको निधनमा लाखौं भारतीयद्वारा चेन्नाईमा शोक प्रकट

वि.सं.२०७३ मंसिर २२ बुधवार

894 

shares

jayalalita-sarda-njali२२ मंसिर, चेन्नाई (दक्षिण भारत) । भारतकी सुप्रसिद्ध नेत्री तथा पूर्वनायिका जयराम जयललिता ‘अम्मा’ को निधनपछि लाखौं भारतीय नागरिकले उहाँको निधनमा शोक प्रकट गर्दै मङ्गलबार दिनभर दक्षिण भारतको चेन्नाईमा पुगी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय राज्य तामिलनाडूकी मुख्यमन्त्री जयललिताको मृत्युपछि विशेष विमानमार्फत चेन्नाई पुग्नुभई उहाँप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । उक्त अवसरमा प्रधानमन्त्री मोदीले जयललिताको निधनले भारतीय राजनीतिमा ठूलो रिक्तता आएकोबताउनु भयो ।

भारतीय राजनीतिमा ‘अम्मा’ उपनामले चिनिने तामिलनाडूका मुख्यमन्त्री जयललिताको सोमबार राति मुटुसम्बन्धी समस्याको उपचारका क्रममा निधन भएको थियो । तामिलनाडूकी मुख्यमन्त्रीको निधनप्रति भारतीय राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवी, लगायत उहाँका प्रशंसकले उहाँको मृत शरिर राखिएको चेन्नई पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने चेन्नाई पुग्न सम्भव नभएकाहरूले सामाजीक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यमबाट अन्तिम सम्मान प्रकट गनुभएको थियो ।

उहाँलाई अन्तिम बिदाई गर्न लाखौँ भारतीय मङ्गलबार उहाँको शवयात्रामा सामेल भएका छन् ।

उहाँप्रति अन्तिम सम्मान व्यक्त गर्ने शुभचिन्तकको भीडलाई व्यवस्थित गर्न सयौँ प्रहरी अधिकारीलाई परिचालित गरिएको छ भने हजारौँ शोकाकुल शुभचिन्तकले उहाँप्रति सम्मान व्यक्त गर्न सडकमा उपस्थित भई फूलमाला चढाएका थिए । लाखौँ मानिस शवयात्रामा सामेलसमेत भएका थिए ।

यसअघि भारतीय केन्द्रीय संसद नयाँ दिल्लीमा सभासदले निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौन धारण गरेका थिए ।

जयललिताको निधनमा भारतको केन्द्र सरकारले एक दिन राष्टिय शोकको घोषणा गरेको छ । ‘अम्मा’ को राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने यहाँको गृहमन्त्रालयले जनाएको छ ।

लमिलनाडू सरकारले मुख्यमन्त्री जयललिताको निधनपछि तामिलनाडूमा सात दिन शोक मनाउने घोषणा गरेको छ । सरकारले उक्त राज्यमा तीन दिनको शोक बिदाको घोषणा गरेपछि यहाँका विद्यालय, क्याम्पस, विश्वविद्यालय, सरकारी कार्यालयलगायतका सङ्घसंस्था मङ्गलबारदेखि नै बन्द भएका छन् ।

पाँच पटकसम्म तामिलनाडूकी मुख्यमन्त्री बन्नुभएकी जयललिताको निधनपछि सयौँ राजनीतिक नेता, सिने कलाकार तथा प्रशंसक उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न चेन्नाई पुगेका थिए ।

अठसठ्ठी वर्षीया प्रसिद्ध नेत्री गत सेप्टेम्बरमा शरीरमा डिहाइड्रेसन, श्वासप्रश्वास तथा ज्वरोलगायतका समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

लगातार चिकित्सकको नजिकमा रहेर सेवा लिइरहनु भएकी उहाँको सोमबार राति ११ः३० बजे निधन भएको उहाँको उपचारमा संलग्न चेन्नाईस्थित एपोलो अस्पतालका चिकित्सकको टोलीले घोषणा गरेको थियो । एपी

वि.सं.२०७३ मंसिर २२ बुधवार ०३:०४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...