back
CTIZAN AD

बी.पी. लाई फाँसीको सजाँय दिन माग

वि.सं.२०७६ पुस १७ बिहीवार

768 

shares

“मेलमिलाप भनेको राजासँग मेलमिलाप हो । यो मेलमिलापको मुख्य आधार नै राजालाई प्रजातान्त्रिक पक्षमा ल्याउनु हो । यो पञ्चायतको फन्दाबाट राजालाई मुक्त गर्नु हो । ”

बी.पी. गणेशमान सिंह आफ्ना सहयोगीहरूका साथ स्वदेश फिर्ता भएपछि राष्ट्रिय मेलमिलापको आग्रहले राजा प्रभाबित भएमा आफ्नो एकाधिकार समाप्त हुने चिन्ताले यहाँका ठूला पञ्च र दरबारियाहरूमा ठूलो खलबली मच्चियो । २६ जनवरी १९७७ इ. मा पोखरामा आयोजित एक पञ्च ¥यालीलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले– ‘देशद्रोही र राजद्रोही’ बी.पी. कोइरालालाई कानून बमोजिम कडा कारबाही गरिने जानकारी गराए । त्यसैदिन न्याय तथा कानुन मन्त्रालयले बी.पी र उनका सहयोगीहरू उपर राजकाज अपराध ऐन अन्तर्गत दायर भएका बिभिन्न मुद्दाहरूको किनारा लगाउन एक सदस्यीय विशेष अदालत गठन गरिएको उल्लेख ग¥यो ।

बी.पी लाई मलंगवा गोलीकाण्ड, धरान प्रहरी व्यारेकको बमकाण्ड, सशस्त्र क्रान्ति गरी पञ्चायत पल्टाउन खोजेको, झापा धुलाबारीमा हतियार जम्मा गरेको, स्पिट फायर भन्ने पत्रिकामा श्री ५ विरोधी मन्तव्य प्रकाशित गरेको, स्याङ्ग्जा जिल्लामा हतियार पठाएर राष्ट्र विप्लवको षड्यन्त्र रचेको र ओखलढुंगा गोलीकाण्ड समेत हरेक मुद्दामा सर्वस्वहरण, जन्मकैद या प्राणदण्ड हुन सक्ने मुद्दाहरू दायर थिए । यी अभियोगहरूमा २०३४ साल वैशाख १७ गतेदेखि जेठ ४ गतेसम्म विशेष अदालत समक्ष उपस्थित भएर बी.पी.ले निर्भिक भएर आफ्नो बयान दिए । उनले अदालत समक्ष “म नेपाली कांग्रेसको अध्यक्ष भएकाले नेपाली कांग्रेसले गरेको सबै कामका लागि मेरो नैतिक जबाफदेही छ” भन्ने कुरा इमान्दारीपूर्वक सकार गरे । विशेष अदालतमा उनले दिएको बयान एउटा उच्चतम राजनीतिक साहित्य मानिएको छ । उनले २०३४ साल वैशाख ११ गते दिएको बयानको एउटा सानो अंश उदाहरणको लागि यहाँ उधृत गरिएको छ ।

“२०१७ सालमा अन्यायको बिजारोपण भएको थियो । सरकारी स्तरबाट भएको अन्यायले मानिसको मनमा न्याय, ऐन, कानूनप्रति उदासिनता र कतै–कतै विरोध र विद्रोहको भावना उठ्नु एकदम स्वभाविक छ । यो सार्वभौमिक नियम हो जसलाई हामी इतिहासको हरेक पानामा दर्ता भएको पाउँछौं । यस्तो हुनु मानिसको प्राकृतिक स्वभावको लक्षण हो । न्यायको न्यायकर्ताबाट नै उल्लंघन भएपछि न्यायको कसले मर्यादा राख्छ ? गंगोत्रीको जल दूषित भएपछि त्यसको पवित्रता कहाँ रहन्छ ? न्यायको उद्गमस्थलमा नै त्यो अमर्यादित भएपछि देशमा केवल पशुबल र स्थूलशक्तिको आधारमा जंगली नियमको बोलाबाला हुन जान्छ । राज्यको सर्वप्रथम मौलिक उद्येश्य न्याय स्थापना हो । न्यायको मर्यादा नभएको राज्यमा त्यस राज्यको आदर्श स्खलित भएर जान्छ । त्यसपछि आदर्शविहीन राज्यको एक–एक गरेर संस्थाहरू र शासनका विभिन्न विभागहरू भ्रष्ट हुँदै जान्छन् । पल्टन राज्यको सुरक्षा गर्ने आदर्शबाट च्यूत भएर जनताका उपरको आतंकको र राजनैतिक विरोधीहरूको विरुद्ध प्रयोग हुने एउटा यन्त्र हुन पुग्छ । र पुलिस दमनको साधन । निजामती सेवा भरौटेहरूको क्लब । यस स्थितिमा यदि कोही इमान्दार नागरिकले आफ्नो जिम्मेवारीलाई बुझेर केही गर्न खोज्यो भने त्यसले दोषको भागी हुनुपर्छ । मैले क्रान्तिको नारा दिएको हुँ । विरोधको कुनै शान्तिपूर्ण वैधानिक उपाय नभएर क्रान्तिको सिद्धान्तलाई अपनाउनु परेको हो । ”

यसप्रकार बी.पी. कोइराला माथि विशेष अदालतमा सातवटा संगीन मुद्दाहरु चलिरहेका थिए भने अर्कोतर्फ पञ्चहरू व्यक्तिगत र सामूहिक रुपमा पञ्चभेलाको माध्यमबाट वा वक्तव्यबाजी गरेर बी.पी. कोइरालालाई कडाभन्दा कडा सजाँय दिइयोस् भन्ने माग गरिरहेका थिए । पञ्चायती संविधान अनुसार नै पनि अदालतमा बिचाराधीन रहेको मुद्दालाई प्रभाव पार्ने उद्देश्यले सार्वजनिक रुपमा कुनै मत व्यक्त गर्न पाइदैनथ्यो । तर पञ्चहरू खुलेयाम अदालतकै मानहानी गरिरहेका थिए ।

बी.पी.ले राष्ट्रिय मेलमिलापको आग्रहलाई स्पष्टरूपमा अगडि राखेका थिए । उनका अनुसार “मेलमिलाप भनेको राजासँग मेलमिलाप हो । यो मेलमिलापको मुख्य आधार नै राजालाई प्रजातान्त्रिक पक्षमा ल्याउनु हो । यो पञ्चायतको फन्दाबाट राजालाई मुक्त गर्नु हो । ”
निर्दलीय पञ्चायतका समर्थक तथा प्रजातन्त्र विरोधी तत्वहरू बी.पी. लाई कडा भन्दा कडा सजाँय यहाँसम्म कि फाँसीको सजाँय दिने माग गरिरहेका थिए । राजाले असहिष्णुता नदेखाउलान् भन्ने बी.पी. को विश्वास थियो तर यस्तो विश्वासबाट भूतकालमा अनेक पटक धोका भएको हुनाले बी.पी को सुरक्षालाई लिएर देश विदेशमा ठूलो चिन्ता देखाइन थाल्यो ।

(समाचार स्रोत : डा सूर्यमणि अधिकारीको ‘नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास’ पुस्तकबाट )

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:४८ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...