back
CTIZAN AD

डिनद्वारा अभद्र व्यवहार, दोषीलाई कारवाहीको माग

वि.सं.२०७६ पुस १८ शुक्रवार

909 

shares

१८ पुस, बनेपा । काठमाडौंँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले यसअघि गरेको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न दबाबस्वरुप गरिएको तालाबन्दीको क्रममा स्कुल अफ मेडिकल साइन्सेजका डीन, सह–डीन र केही व्यक्तिले हातपात गरेको भन्दै दुवै सङ्घले आपत्ति जनाएको छ ।

प्राध्यापक सङ्घका महासचिव डा विकास अधिकारी र कर्मचारी सङ्घका सचिव सुदन ढुङ्गेलले बुधबार जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘स्कुल अफ मेडिकल साइन्सेजका डीन प्रा डा राजेन्द्र कोजूको कार्यालय बन्द गर्न शान्तिपूर्णरूपमा जाने क्रममा सो स्कुलका डीन, सह–डीन र केही व्यक्तिले भिडन्त निम्त्याइ विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गराएको तथा पेशागत हकहितका लागि विश्वविद्यालयमा भइरहेको आन्दोलन दबाउन गरिएको सो कार्यको घोर भत्र्सना गर्दै स्कुल अफ मेडिकल साइन्सेजका डीन र सह–डीनलाई कारवाहीकोे माग गर्दछौं ।’

दुवै सङ्घसँग चार बुँदे सम्झौता गरी १०६ दिनसम्म पनि सो सम्झौता कार्यान्वयन नभएको अवस्थामा पुस १५ गते प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले आन्दोलनको घोषणा गर्दै विज्ञप्ति जारी विश्वविद्यालयका सबै कार्यालयमा तालाबन्दी गर्ने जनाएको थियो । सोहीअनुरुप १६ गतेबाट विश्वविद्यालयका स्कुल अफ ल, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन र स्कुल अफ मेनेज्मेन्टका डीन कार्यालय तालाबन्दी गरिएको थियो ।

यसैबीच काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुवोध शर्माले बुधबार विज्ञप्ति जारी गरी गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने प्रयास भइरहेको जनाएको छ ।

सो क्रममा सम्झौता अनुसार एक महिनाभित्रमा विशेषसभा बोलाई वृहत छलफलाबाट निकास दिने निर्णयसमेत भएको हुँदा सोही अनुरुपको प्रयास भइरहेकोमा विश्वविद्यालयको हितमा संलग्न हुन सबै पक्षलाई अनुरोध गरिएको छ । दुवै सङ्घले भने सम्झौताको पूर्ण कार्यान्वयन नभएसम्म तालाबन्दी जारी रहने जनाएको छ ।

यसैबीच काठमाडौंँ विश्वविद्यालयको क्यान्टिनमा बुधबार राति तोडफोड भएको छ । काठमाडौंँ विश्वविद्यालयका सूचना प्रमुख डा हेमराज काफ्लेका अनुसार क्यान्टिनको किचेनपट्टीको ढोका फोरेर ग्यास लिक गराएको पाइएकाले सो ठाउँ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ पुस १८ शुक्रवार ०९:१२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...