back
CTIZAN AD

अवेरनेस सहकारी संस्थाको कार्यसमितिमा गिरी र ज्ञवाली

वि.सं.२०७६ पुस २० आइतवार

873 

shares

२० पुस, काठमाडौँ । काठमाडौंको शंखमूलस्थित अवेरनेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाले शिक्षासेवी खगेश्वर गिरीलाई संस्थामा रिक्त हुन गएको सचिव पदमा र ग्यास व्यवसायी रामप्रसाद ज्ञवालीलाई कार्यसमिति सदस्यमा निर्वाचित गरेको छ ।

संस्थामा लामो समयदेखि ‘सचिव’को रुपमा कार्यरत विष्णुप्रसाद अर्यालले राजीनामा दिएकोले सो रिक्त पदमा कार्यसमिति सदस्य गिरीलाई चयन गरेको हो । रिक्त सदस्य पदमा ज्ञवाली लाई नियुक्त गरिएको संस्थाका सदस्य विमल घिमिरेले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष ऋषिराम कँडेलको सभापतित्व र नेपाल सरकारका सहसचिव मानबहादुर अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त नवौँ साधारणसभामा करिब ९० जनाको उपस्थिति रहेको घिमिरेले जनाए ।

सभाले आ.व. २०७५/७६ को आयव्यय विवरण, लेखापरीक्षण प्रतिवेदन तथा आ.व. २०७६/७७ का लागि प्रस्तुत वार्षिक कार्यक्रम तथा अनुमानित आयव्ययको विवरणसमेत पारित गरेको छ ।

वि.सं.२०७६ पुस २० आइतवार १३:२८ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...