back
CTIZAN AD

आजदेखि मौसममा सुधार, कमजोर हुँदै पश्चिमी न्यूनचापीय वायु

वि.सं.२०७६ पुस २० आइतवार

762 

shares

२० पुस, काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद् प्रतिभा मान्धरले बताइन् । “उक्त पश्चिमी वायु कमजोर हुँदै गएकाले पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको हो । आजदेखि देशभरकै मौसममा क्रमिक सुधार आउनेछ,” मौसमविद् मानन्धरले भनिन् ।

आज देशको पहाडी तथा उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ ।

वि.सं.२०७६ पुस २० आइतवार १३:११ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...