२० पुष, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक सरेको छ ।
सत्तारुढदलको आइतबार बिहान बसेको सचिवालय बैठकले पुष २३ का लागि तोकिएको बैठक सार्ने निर्णय गरेको हो ।
आइतबारको बैठकले केन्द्रीय कमिटी बैठक दुई साता पर धकेल्दै माघ १५ मा बस्ने गरी तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा प्रचार विभागका उपप्रमुख सुर्य थापाका अनुसार बैठक माघ १३ गतेका लागि सारिएको हो ।
राष्ट्रियसभाको निर्वाचन तयारी रहेकोले तोकिएको समयमा बैठक बस्न नसक्ने भन्दै बैठक सारिएको बताइएको छ ।
वि.सं.२०७६ पुस २० आइतवार १२:१९ मा प्रकाशित






























