२० पुस, काठमाडौँ । सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साह ३ लाख घुस सहित पक्राउ परेका छन् ।
सिराहाका निमित्त डिभिजन प्रमुख साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
घुस सहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ पुस २० आइतवार १४:०० मा प्रकाशित






























