२१ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको ५जिल्लाको करार सूचि सार्वजनिक गरेको छ ।
आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा गुल्मी, प्युठान, बागलुङ, बझाङ र बाजुरा जिल्लाको ५ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूची प्रकाशन गरेको हो ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।
वि.सं.२०७६ पुस २१ सोमवार ०९:५० मा प्रकाशित






























