back
CTIZAN AD

बङ्गलादेशका पूर्वप्रधान न्यायाधीशलाई अदालतद्वारा पक्राउ गर्न आदेश

वि.सं.२०७६ पुस २१ सोमवार

819 

shares

२१ पुस, ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ ।

पक्राउका लागि आदेश दिइएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बङ्गलादेशी अभियोजनकर्ताहरूले जनाएका छन् ।

“ती सबै जना न्यायालयबाट भागेका अधिकारी हुन्,” अभियोजनकर्ता कुर्सिद अलाम खानले एएफपीलाई बताउनुभयो । सिन्हाले पदमा रहँदा आर्थिक अपचलन गरेको र एक बैंकबाट अर्को गर्दै सम्पत्ति शुद्धिकरण गरेको आरोप छ ।

सिन्हाले सरकारविरोधी हुनेगरी न्यायिक स्वतन्त्रताको पक्षमा महत्वपूर्ण फैसला गरेको आरोप छ । उनीमाथिको आरोपले चर्कोरूप लिएपछि सन् २०१७ को अन्त्यतिर बङ्गलादेशबाट पलायन भै उत्तर अमेरिकामा रहँदै आएका छन् ।

मुसलमान बहुल राष्ट्र बङ्गलादेशमा सिन्हालाई हिन्दू भएको कारण उनको विश्वशनीयतामाथि आक्रमण गर्दै आर्थिक अपचलन गरेको आरोप प्रतिपक्षी तथा अधिकारवादी समूहहरूले लगाउने गरेका छन् । सिन्हा हिन्दू समुदायबाट बङ्गलादेशको प्रधानन्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् ।

सिन्हाले नेतृत्व गरेको अदालतका अन्य न्यायाधीशले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीसँग काम गर्न नसक्ने भन्दै विरोध जनाएपछि बङ्गलादेशको सर्वोच्च अदालतले सन् २०१७ मा अदालतको अभ्यासमा दुर्लभ मानिने विज्ञप्ति जारी भएपछि देशबाट पलायन भएका थिए ।

सिन्हामाथि उक्त आरोप लाग्नुभन्दा पहिले उनले संसदले सर्वोच्च अदालतका उच्च अधिकारीलाई वर्खास्त गर्ने प्रावधानलाई एक आदेशद्वारा खारेज गरेका थिए ।

वि.सं.२०७६ पुस २१ सोमवार ०९:२४ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...