back
CTIZAN AD

विश्व नेपाली साहित्य महासंघ जापानको नियमित दोश्रो श्रृखंला सम्पन्न

वि.सं.२०७६ पुस २१ सोमवार

1.1K 

shares

२१ पुष, जापान । नेपाली साहित्य महासंघ जापानले नियमित दोश्रो श्रृखंला टोकियो जापानमा सम्पन्न गरेको छ ।

जनवरी ५ मा सम्पन्न गरिएको नियमित दोश्रो श्रृखंलामा विश्व कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन, सावाको सुसेली प्रवास विमोचन साथै अन्य श्रष्टाहरुका रचना वाचनसहित नियमित दोश्रो श्रृखंला सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको अध्यक्षता, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुखआतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य भुवन रोकाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा साहित्यिक कार्यक्रममा थप सहकार्य गर्ने कुरा ब्यक्त गरेका थिए भने विशेष अतिथि भुवन रोकाले विशेष श्रष्टाहरुको रचना वाचन कार्यक्रम जापानमा पहिलोपल्ट भव्यताका साथ सफल रहेको जानकारी गराउदै आफ्नो रचना वाचन गरेका थिए ।

सुरेन्द्र पोखरेलले अंग्रेजी भाषामा कविता र विजय स्याङ्बोले जापानी भाषामा गजल वाचन गरेको कार्यक्रममा श्रष्टाहरु शिवराज राई, विमन किराती, शुक्र राई, शंकर हरी खालिङ, सयपत्री थुलुङ, निशान राई, रविन्द्र दिखुक्पाले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । साथै चन्द्र कुमार जबेगु र देवेन्द्र लावतीको सांगीतिक प्रस्तुतिले कार्यक्रममा बेग्लै रौनकता थपेको थियो ।

पदम सिंह ठगुन्नाको शुभकामना सन्देश सहित रचना वाचन, पत्रकार प्रेमिला गौचनले विश्व नेपाली साहित्य महासङ्घ जापान शाखालाई शुभकामना दिदै आगामी दिनमा सहकार्य गर्ने कुरा ब्यक्त गरेको उक्त कार्यक्रममा संस्थाका सदस्य शंकरहरी खालिङले स्वागत शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने संस्थाका महासचिव रविन्द्र दिखुक्पा र सचिव विमन किरातीले संयुक्त रूपमा संचालन गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष देवी बहादुर ईङनामले कार्यक्रम सफल बनाउन सहयोग तथा सहकार्य गर्ने सम्पूर्ण संघ संस्थाहरुलाई धन्यबाद दिदै रचना पनि वाचन गरेका थिए ।

वि.सं.२०७६ पुस २१ सोमवार ०९:५९ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...