back
CTIZAN AD

इराकमा रहेका नेपालीहरु रातभर बंकरमै ! हेर्नुहोस् पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ पुस २४ बिहीवार

861 

shares

२४ पुस, बिहीबार काठमाडौँ । आज २०७६ साल पुस २४ गते बिहीबार । काठमाडौँबाट प्रकाशित विभिन्न प्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकताकासाथ छापेका छन् ।

कान्तिपुर दैनिकमा ‘रातभर बंकरमै ’ भनेर होम कार्कीले लेखेको समाचारले मुख्य पृष्ठमा प्राथमिकता पाएको छ । इराकमा रहेका दुई अमेरिकी बेस क्याम्प लक्षित गरी बुधबार इरानले २२ वटा मिसाइल प्रहार गर्दा त्यहाँ कार्यरत नेपालीहरुले रातभर कस्तो त्रासदीपूर्ण परिस्थितिको सामना गर्नुपर्याे ? भन्ने विषयमा लेखिएको छ । त्यस्तै ‘नागरिक अधिकार खोज्दै सरकार ’ भनेर राजेश मिश्रले लेखेको समाचारले पनि प्राथमिकता पाएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि पदबहालीसँगै गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए । अहिले त्यही विभागलाई व्यवस्थित गर्न भनेर आम मानिसको व्यक्तिगत सूचना, टेलिफोन ट्यापिङको अधिकार अनुसन्धान अधिकारीलाई दिन खोजिएको विषय समाचारको सार रहेको छ । सन्तोषको १०० गोल भनेर राजु घिसिङले लेखेको समाचारले पनि प्राथमिकता पाएको छ ।

आज नयाँ पत्रिका दैनिकको मूख्य पृष्ठमा ११ अर्बमा पाइने सेक्युरिटी प्रेस २३ अर्बमा किन्ने तयारी, यती समूलाई फाइदा पुराउन देशको दोब्बर लगानी शीर्षकको समाचारलाई प्राथमिकताकासाथ छापेको छ । पुष्प ढुङ्गानाले यो समाचार लेखेका हुन् । त्यस्तै टेकराज थामीले लेखेको ‘लाख दिएर करोड असुल्ने साहुकार यादव भेष बदलेर भाग्दै गर्दा पक्राउ’, रौनियारको खोजी शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै मन्त्री गोकुल बाँस्कोटा भन्छन्– म भागेर जवाफविहीन बनेर कहाँ जान सक्छु र ? विषयले पनि स्थान पाएको छ । जसमा सेक्युरिटी प्रेसका सन्दर्भमा लेखा समितिमा पनि प्रश्न उठेको छ, उजुरी परेको छ, तपाईको प्रतिक्रिया के छ भनेर सोधिएको प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भनेका हरफ हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा गौतम निवासमा ‘प्यानल’ जमघट शीर्षकको समाचारले प्राथमिकता पाएको छ । रामकृष्ण अधिकारीले यो समाचार लेखेका हुन । जसमा सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको ‘गोप्य’ जमघट भएको सन्दर्भ छ । त्यस्तै भारतमा पाम तेल प्रतिबन्धित शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । पुष्पराज आचार्यले लेखेका हुन् । जसमा भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको समाचारमा उल्ल्ेख छ ।

राजधानी दैनिकमा अर्र्बाै ठग्ने मिटर ब्याजी राय पक्राउ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । राकेश गुप्ताले लेखेको यो सर्लाहीको समाचार हो । सर्वाच्चद्वारा चार किसिमका सूचना सम्प्रेषणमा रोक शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै नेपालको मौसममा भारत र चीनको भर शीर्षकको समाचारले पनि स्थान पाएको छ यो सविन शर्माको लेखेका हुन् । त्यस्तैगरी उपत्यकामा नदीजन्य वस्तु उत्खननमा रोक, कालोबजारी रोक्न आक्रामक कारबाही थालिने भनेर भगवान प्याकुरेलले समाचार लेखेका छन् ,

वि.सं.२०७६ पुस २४ बिहीवार ०८:११ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...