back

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण – मन्त्री पोखरेल

वि.सं.२०७६ पुस २४ बिहीवार

354 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस,पोखरा । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।

नेकपा कास्कीद्वारा आज बिहीबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताएका हुन् । बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरे ।

पार्टी एकीकरणका अधिकांश काम सकिएको बताउँदै मन्त्री पोखरेलले आगामी माघ १५ मा बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले बाँकी काम टुङ्ग्याउने विश्वास व्यक्त गरे । मुलुकमा लामो समयको अस्थिरताका कारण समृद्धि र विकासले अपेक्षित गति लिन नसकेको वास्तविकतामा बनेको वर्तमान स्थिर सरकारले दीर्घकालीन सोचका साथ काम अगाडि बढाइरहेको उनले स्पष्ट पारे ।

सङ्घीय व्यवस्था देशका लागि नयाँ राजनीतिक अभ्यास भएको बताउँदै उनले सरकार गठनयता हालसम्मको समय अधिकांश नीति तथा कानून निर्माणमा व्यतित भएको बताए । सरकारले आगामी दिनमा विकास लक्षित कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनको भनाइ छ ।

नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले ट्रष्टको विद्यमान नीति नियमअनुसार यसको सम्पत्ति, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसाय अभिवृद्धिमा उपयोग गरिने व्यवस्था रहेकाले अन्य प्रयोजनका लागि नदिइने स्पष्ट पारे ।

ट्रष्टमा हालसम्म २१ हजार ५०० रोपनी जग्गा र रु एक अर्बभन्दा बढी र शेयरसमेत रहेको जानकारी दिँदै उनले पोखराका रत्नमन्दिर, हिमागृहजस्ता सम्पदा प्रदेश सरकारसँग समन्वय गर्दै बृहत् हितमा उपयोग गरिने तयारी भइरहेको बताए ।
सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको बताउँदै उनले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरु भइसकेको बताए ।

आगामी माघ ९ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदको उम्मेदवारीका लागि पार्टीले आवश्यकता, औचित्य एवं योगदानका आधारमा तय गरेको जानकारी गराए । सरकारको बाँकी कार्यविधि जनताले अनुभूति गर्ने किसिमले काम गर्ने बताउँदै उनले संविधान कार्यान्वयन पनि सोही गतिमा अघि बढेको जानकारी दिए ।

पार्टीका कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापा र पार्टी सचिव बखानसिं गुरुङले जिल्लामा विद्यमान पार्टीका समसामयिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।

वि.सं.२०७६ पुस २४ बिहीवार १३:१८ मा प्रकाशित

पिपलडाँडा मा.वि साउन्दीको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पिपलडाँडा मा.वि साउन्दीको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

स्याङ्जा । श्री पिपलडाँडा माध्यमिक विद्यालय भीरकोट–९, साउन्दी स्याङ्जाले ५८औँ...

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

सुन्तला खेतीमा रमाएका बाँसखर्कका जगतबहादुर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१...

झाडी फाँडेर ओखरखेती गर्दै किसान

झाडी फाँडेर ओखरखेती गर्दै किसान

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका-९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती...

मालपोत कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

मालपोत कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला...

पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त

पुँवालेको बिरुवा हुर्केकोमा अधिराजकुमार एड्वर्डद्वारा खुशी व्यक्त

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र...

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

गण्डकी । बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस...