back
CTIZAN AD

ट्रम्पद्धारा संकटकालको घोषणा

वि.सं.२०७६ पुस २४ बिहीवार

624 

shares

२४ पुस । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन् ।

अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन् ।

उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन समेत आदेशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सवै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका कार्य गर्ने संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत व्यवस्थापन निकायलाई दिइएको छ ।
गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन् ।

अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

भूकम्पका कारण त्यस क्षेत्रका कैयौ भवनहरु क्षतिग्रस्त भएका थिए भने, विद्युत सेवा समेत अवरुद्ध भएको थियो ।
पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजारौ कम्पन अधिकांश आमनागरिकले महसूस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १६ सय किलोमिटर टाढा पर्ने अधिकारीहरुले जनाएका छन् ।

वि.सं.२०७६ पुस २४ बिहीवार १२:४७ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...