back
CTIZAN AD

प्रदेश नं १ का १४ वटै जिल्लामा कम धान उत्पादन

वि.सं.२०७६ पुस २४ बिहीवार

984 

shares

२४ पुस, मोरङ । प्रदेश नं १ का १४ वटै जिल्लामा कूल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ । गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९२५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । यो पाँच दशमलव २५ प्रतिशतले कम उत्पादन हो ।

धानको उत्पादन कम हुनाका कारण खडेरी लाग्नु, किसानले समयमै रासायनिक मल नपाउनु र फौजी कीराको प्रकोप बढ््नुका कारण उत्पादन कम भएको निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले जानकारी दिए । प्रदेशभरिमा धानको उत्पादकत्व तीन दशमलव ७४४ प्रतिहेक्टर हो । रोपाइँ ९३ दशमलव ९३ प्रतिशत भएको थियो । धान तीन लाख २० हजार १३४ हेक्टर जग्गामा लगाइएको थियो ।

समग्रमा हेर्दा सुनसरी, मोरङ र झापाको उत्पादन हेर्दा सबैभन्दा राम्रो देखिन्छ । यी तीन जिल्लाको कूल उत्पादन नौ लाख ३५ हजार ३७१ मेट्रिकटन हो । उत्पादकत्व झापाको चार दशमलव पाँच, मोरङको चार दशमलव एक र सुनसरीको चार दशमलव एक छन् ।

प्रदेश नं १ को पहाडका ११ जिल्ला र तराईका तीन जिल्लाको उत्पादनलाई तुलना गर्दा तराईको उत्पादन अत्यन्त राम्रो देखिन्छ । पहाडका जिल्लाको कूल उत्पादन दुई लाख ६३ हजार ३६९ मेट्रिकटन हो । उत्पादकत्व सबैभन्दा बढी झापाको चार दशमलव पाँच र सबैभन्दा कम खोटाङको एक दशमलव ७५ रहेको पाइएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १६:४४ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...