२४ पुष, इनरुवा । श्रीमानको फोन उठाएकै निहुँमा सुनसरीकी पूजादेवी महतो श्रीमानबाटै मारिएकी छन् ।
सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरकी २१ वर्षीया पूजादेवी मेहताको उनका श्रीमानले हत्या गरेका हुन् ।
मेहताका श्रीमान २५ वर्षीय सन्तकुमार मेहताले आफ्नो मोबाइल फोन उठाएको आरोपमा कुटपिट गरी हत्या गरेको पूजाका बुबा शिवनारायण मेहताले बताएको विहिबारको गोरखापत्र दैनिकमा समाचार छ ।
पुष २१ गते साँझ देउता घरमा बत्ति बालेर खाना पकाउने तयारी गरिरहेका बेला सन्तकुमारको फोन आएको र पूजाले फोन उठाउँदा आफ्ना ज्वाँइले नै हत्या गरेको पूजाका बुबाले दावी गरेका छन् ।
एकवर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएका उनीहरु राम्रै जीवन बिताउँदै थिए । तर, सन्तकुमारले कुनै अर्कैकेटीसँग फोनमा कुरा गर्न पल्केकाले पूजाको हत्या भएको माइती पक्षको दावी छ ।
घटनापछि सन्तकुमारले श्रीमतीले पत्नीले विष सेवन गरेर आत्महत्या गरेको दावी गरेका छन् ।
यस विषयमा सुनसरी प्रहरीले भने घटना भएको पृष्टि गर्दै हत्या वा आत्महत्या के भएको भन्ने विषयमा शवको पोस्टमार्टमको रिर्पोट आएपछि मात्र भन्न सकिने प्रतिक्रिया दिएको छ ।
घटनापछि सन्तकुमार फरार रहेको बताइएको छ । पूजाको शब पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ ।
वि.सं.२०७६ पुस २४ बिहीवार १६:२० मा प्रकाशित






























