back
CTIZAN AD

अमेरिकामा नेपाली युवाको मृत्यु, प्रहरीद्धारा आफन्तको खोजी

वि.सं.२०७६ पुस २६ शनिवार

801 

shares

२५ पुष, डिसी । अमेरिकाको मेरिल्याण्डमा रहेको एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनो(जुवाघर)मा गितान्जय ढकाल नामक नेपाली युवाको मृत्यु भएको छ ।

श्रोतका अनुसार गत जनवरी १० का दिन उक्त घटना भएको हो ।

झण्डै २८-३० बर्ष उमेरका स्व गितान्जय ढकाल मेरिल्याण्ड निवासी हुन् । यस बिषयमा मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिरहेको छ । यसको लागि प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार जासुस शेफर्डले उनको यो मुद्धा हेरीरहेको जानकारी प्राप्त भएको छ ।

उनको मृत शरीरलाई बाल्टिमोरमा राखिएको समेत जानकारी प्रिन्स जर्ज काउन्टीका प्रहरीले दिएका छन् । प्रहरीले उनका आफन्तलाई खोज तलास गर्ने काम गरिरहेको बुझिएको छ । आफ्ना परिवार बाहेक अन्य कसैलाई पनि यस बारेमा जानकारी दिने नमिल्ने समेत प्रहरीले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा (अनुहार किताब) उनको खाता गीतन उप्रेती रहेको छ । यस बारेमा बिस्तृत जानकारी लिन जासुस (डिटेकटिभ) शेफर्डसंग सम्पर्क गर्न सकिने छ ।

मृतक ढकालको केस न (मुद्धा संख्या)२०-०००१८४३ (20-0001843) हो । र प्रहरीको ब्याच न २९४० (2940 ) रहेको छ । मृतकका आफन्त ,साथीभाई ,इष्टमित्र ,छरछिमेकि तथा जो सुकैले पनि उनका परिवार सम्म पुर्याउन पिजीपिडीरसिआईडी – ३०१–७७२–४९२५(301- 772 -4925)  अथवा मा सम्पर्क गर्न सकिने छ ।

उनको कसरी निधन भएको हो भन्ने बारेमा प्रहरीले जानकारी दिएका छैनन भने नजदिकका नातेदार र परिवारलाई मात्र भन्न सकिने भएकोले यस बिषयमा थप जानकारी लिएर आउने छौ ।

वि.सं.२०७६ पुस २६ शनिवार ०८:५५ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...