back
CTIZAN AD

ब्लड बैंक नहुँदा चारजनाको अकालमा ज्यान गयो

वि.सं.२०७६ पुस २७ आइतवार

1K 

shares

२७ पुस, डोटी । निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ ।

सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो अभियानको सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । रगत अभावका कारण अहिलेसम्म जिल्लामा चार जनाको अकालमा ज्यान गुमाउनु परिसकेको बताइएको छ ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी शनिबार अभियानको शुभारम्भ गर्नुहुँदै सबैले रक्तदान गर्न अति जरुरी भएको बताए । उनले भने, “हामीले दान गरेको रगतले अन्यको ज्यान जोगिन्छ भने खेर जाने रगत किन दान नगर्ने, ज्यान बचाउन भए पनि रक्तदान गनुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रक्तदानले सबैभन्दा ठूलो पुण्य प्राप्त हुने भएकाले रक्तदान गर्न पछि हट्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तेजबहादुर डुम्रेलले जिल्लामा रगत अभावका कारण कयाँै बिरामी मृत्यसवरणको दोसाँधमा पुग्ने भएकाले जिल्लामा ब्लड बैंक स्थापना हुनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विजय खड्काले जिल्लामा अनिवार्यरूपमा तत्कालै ब्लड बैंक स्थापना हुनुपर्ने बताए ।
शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने, “बिरामीका लागि सबैले रक्तदान गरुन् र बिरामीको ज्यान जोगाउन भन्ने हाम्रो उद्देश्य हो, रक्तदान गर्दा कोही बच्न सक्छ भने दान किन नगर्ने ।”

जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणले हालसम्म ९७ बिरामीका लागि रक्तदान गरिसकेको निमित्त गणपतिसन्तोष ढुङ्गेलले जानकारी दिए । जिल्लामा बिरामीलाई रगतको आवश्यक परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ नं गणले हालसम्म उपलब्ध गराउँदै आएका छन् । रक्तदान कार्यक्रममा ५० जनाले रगत समूह परीक्षण गरेको अस्पतालले जानकारी दिएको छ ।

चिसो बढेपछि नगरका विद्यालय बन्द
हिमपातका कारण अत्यधिक चिसो वढेपछि दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको छ ।

निमित्त प्रमुख प्रसासकीय अधिकृत मञ्जु थापाद्वारा हस्ताक्षरित सूचनामा नगरभित्र एकाएक चिसो बढेको र विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि आउँदो माघ १ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जनाइएको छ । रासस

वि.सं.२०७६ पुस २७ आइतवार ०८:५६ मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...