back
CTIZAN AD

जानौँ मांसाहारी र शाकाहारी प्राणीहरुका पाचन प्रणालीको बनावट

वि.सं.२०७६ पुस २७ आइतवार

2.9K 

shares

मांसाहारीले मासुका चोक्टा छिनाल्नु र टुक्रायाउनु पर्ने भएकोले तिखो, चुच्चो धारिलो दाँतहरु हुन्छन् भने शाकाहारी मानिसमा चपाउन तलमाथि थिच्नु पर्ने भएको हुनाले बङ्गाराहरु चौडा र बीचमा कचौरा आकारको हुने गर्छन् । मांसाहारीको आमाशयले नै धेरै काम गर्नु पर्ने भएकोले उसमा यसको सम्पूर्ण पाचन प्रणालीको ६०–७० प्रतिशत आयतन हुन्छ भने शाकाहारी मानिसमा आमाशयले १०–२० प्रतिशत मात्र ओगट्दछ । सानो आन्द्रामा रेशादार बस्तुहरु पचाउन बढी समय लाग्ने हुँदा शाकाहारी मानिसमा त्यो आफ्नो शरीरको १०–११ गुणा लामो हुन्छ भने मांसाहारीमा केवल ३–६ गुणा लामो हुन्छ । त्यस्तै आमाशयको PH को साथै पित्तग्रन्थी र मृगौलाको काम कार्वाहीमा पनि मांसाहारीको तुलनामा शाकाहारी मानिसमा फरक हुन्छ ।

मानिसहरुमा माथि उल्लेख भएका पाचन प्रणालीको वनावट र विशेषताहरु शाकाहारी प्राणीहरु : गाई, बाख्रा, भैँसी आदी बाहेक अरुसँग पूर्ण रुपले मिल्छ तर मासुजन्य र बिरुवाजन्य खाना खाने प्राणीहरुको बनावट र विशेषताहरु मानिसहरुसँग पटक्कै मिल्दैन । त्यसैले Biologically मानिस शाकाहारी नै भएको देखिन्छ ।

स्रोत : पशुवलि पुस्तकमा मोहन खरेल र विष्णु नेउपानेद्वारा लिखित ‘शाकाहारी भोजन नै उत्कृष्ट भोजन’ भन्ने शिर्षकबाट लिइएको हो ।

वि.सं.२०७६ पुस २७ आइतवार ०९:३१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...