स्थानीय सरकार सञ्चालन ऐन , २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ (ज) मा व्यवस्था भएअनुसार गाउँपालिका र नगरपालिकाका आधारभूत तथा माध्यामिक शिक्षासम्बन्धी काम कर्तव्य र अधिकारहरु देहायबमोजिम रहेका छन् :
१. प्राम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कर्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन ,
२. सामुदायिक , संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालनन, व्यवस्थापन तथा नियमन,
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
४. मात्रृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
५. गाभिएका वा बन्द गरिएका विद्यालयहरुको सम्पत्ति व्यवस्थापन,
६. गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
७. विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
८. विद्यालयको नामाकरण,
९. सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख , संरक्षण र व्यवस्थापन,
१०, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
११.सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
१२. विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजना तथा नियमन,
१३. सामुदायिक विद्यालयको शैक्षिक पुर्वाधार निर्माण, ममंत सम्भार, सञ्चालन र व्यवस्थापन,
१४. आधारभत तहको परीक्षा सञ्चालन , अनुगमन तथा व्यवस्थापन,
१५. विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन,
१६. निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रत्रवृत्तिको व्यवस्थापन,
१७. टियूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन ,
१८. स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, संवद्र्धन र स्तरीकरण,
१९. स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
२०. माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
२१. सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम,अनुगमन, नियमन,
२२. शिक्षण सिकाइ, शिक्षक र कर्मचारकिो तालिम तथा क्षमता विकास र
२३. अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।
वि.सं.२०७६ पुस २७ आइतवार ०९:४५ मा प्रकाशित






























