२७ पुष, ओमान । ओमानका राजा सुल्तान बिन काबुस बिन अल सैयदको शुक्रबार ७९ वर्षको उमेरमा मृत्यु भएपछि हाइथम बिन बिन तारिक सैयद ओमानका नयाँ राजा बनेका छन् ।
ओमानको उच्च शैनिक परिषद्ले सत्तारुढ परिवार परिषद्लाई ओमानको लागि नयाँ राजा चुन्न आग्रह गरेको थियो । सोहि आग्रह अनुसार हाइथम ओमानको नयाँ उत्तराधिकारी बनेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हाइथमले परिवार परिषद्को एक बैठकबाट नयाँ राजाको रुपमा सपथ लिएका हुन् ।
ओमानका संस्कृति मन्त्रीको जिम्मेवारी सम्हालेका हाइथम त्यसभन्दा पहिले विदेश मामिला मन्त्री तथा मन्त्रालयका महासचिवका रुपमा काम गरिसकेका छन् ।
खेलमा अत्यधिक रुची राख्ने हाइथम सन् १९८० को शुरुवातमा ओमानको फुटवल महासंघको पहिलो प्रमुख समेत बनेका थिए । ऐजेन्सी
वि.सं.२०७६ पुस २७ आइतवार ०९:३१ मा प्रकाशित