२६ पुष, ओमान । ओमानका राजा सुल्तान काबुस बिन सइद अलसैदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ ।
खाडी राज्यहरुमा सबैभन्दा लामो समय शासन गरेका ओमानका राजा सुल्तान काबुसको शुक्रबार मृत्यु भएको हो ।
एकमहिना अगाडि मात्र बेल्जियममा स्वास्थ्योपचार गरेर ओमान फर्किएका राजा सुल्तान काबुस क्यान्सरबाट पीडित रहेको बताइएको छ ।
बिबिसीका अनुसार सुल्तान काबुस अविवाहित भएकोले उनका कुनैपनि उत्तराधिकारी छैनन् ।
ओमानको शाही परिवार परिषद्का अनुसार परिषद्मा झण्डै ५० पुरुष रहेका छन् । परिषद्को नियम अनुसार राजाको मृत्यु भएको तीन दिनमा नयाँ राजा घोषणा गर्नुपर्ने नियम रहेको समेत बताइएको छ ।
उनको मृत्युपछि ओमानमा तीनदिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।
वि.सं.२०७६ पुस २६ शनिवार १४:०४ मा प्रकाशित






























