back
CTIZAN AD

झुठ्ठा प्रमाणपत्र पेश गर्ने शिक्षिकामाथि मुद्दा दायर

वि.सं.२०७६ पुस २७ आइतवार

690 

shares

२७ पुस, काठमाडौँ । श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय मनपाङ, तनहुँमा अस्थायी शिक्षकको रुपमा कार्यरत तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेल वाग्ले माथि मुद्दा दायर गरिएको छ ।

अस्थायी शिक्षकको रुपमा रहेकी शिक्षिका वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन हुन भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट एसएलसी सरहको हार्इ स्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा शिक्षिका वाग्लेले उक्त कार्य गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ पुस २७ आइतवार १४:४८ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...