back
CTIZAN AD

रामपुर नगरपालिकालाई छोएन भ्रमण वर्षले

वि.सं.२०७६ पुस २७ आइतवार

672 

shares

२७ पुस, रामपुर । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहे पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने भ्रमण वर्षलाई लक्षित गरी कुनै पनि कार्यक्रम शुरु भएको छैन ।

देशैभरि भ्रमण वर्षको रौनकता बढेका बेला रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनै पनि कार्यक्रम अगाडि बढाएको पाइदैन । लुम्बिनी र पोखराको बीच भागमा रहेको रामपुरमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।

भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिलेसम्म कुनै पनि विशेष कार्यक्रम भने नगरिएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन् । “रामपुरमा प्रशस्त पर्यटकीयस्थल छन्, भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्” प्रवक्ता न्यौपानेले भने ।

सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यकामा अवस्थित छ । रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाडाँकाँडाको बीचमा पर्ने सुन्दर शहरको रूपमा रहेको छ रामपुर ।

रामपुर नगरपालिकाभित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाटलगायतका महत्वपूर्ण क्षेत्र छन् ।

रामपुर नगरपालिकाले प्रशस्त पर्यटकीयस्थल, विभिन्न जातजाति, भाषाभाषी, कला संस्कृति र रहनसहन रीतिरिवाजले भरिपूर्ण रहेपनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना नल्याएको उद्योग वाणिज्य सङ्घ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउँछन् । “भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ, भ्रमण वर्ष लक्षित गरेर उद्योग वाणिज्य सङ्घले पनि विभिन्न कार्यक्रम गर्ने योजना छ” श्रेष्ठले भने ।

वि.सं.२०७६ पुस २७ आइतवार १४:३९ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...