back
CTIZAN AD

विमान दुर्घटनासम्बन्धी सबै अन्तर्राष्ट्रिय सहयोग स्वीकार्य– राष्ट्रपति रउहानी

वि.सं.२०७६ पुस २७ आइतवार

567 

shares

२७ पुस ।  इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताएका छन् ।

इरानी राष्ट्रपति रउहानीले सो कुरा क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताएका छन् ।
इरानी राष्ट्रपति रउहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेकोे इरानी समाचार समिति, इर्नाले जनाएको छ ।

सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रउहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोगको इरानले स्वीकार गर्ने बताएकोे समाचारमा जनाइएको छ ।

यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले पनि गरेको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गरेका थिए ।

हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्ण रुपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाइ दिनुपर्ने बताएको थियो ।

अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत हप्ता इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा रहेका थिए । ती सबैजना यात्रुको निधन भएको छ ।

यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको जनाउनुभएको थियो । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो ।

यसअघि क्यानाडा र युक्रेनले नै विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्धन्द्धको समय रहेकोले विमानको दुर्घटना हुनु शङ्कास्पद रहेको बताएको थियो । त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरहरुलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको विश्वका हानेको थियो ।

सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् भन्ने अपेक्षा राष्ट्रंघले गरेको बताएको थियो ।

उता इरानले नै उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र नै भएको स्वीकार गरेको छ । सो विमान भुलबस दुर्घटना हुन पुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो ।

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गाडर्् कप्र्स (आइआरजीसी)’ ले यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ ।

इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान शुरुमै पश्चिमी मुलुकहरूले गरेका थिए ।

संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भुलबस खसालिएको इरानले स्वीकार गरेको छ ।

इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिक रुपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र नै भएको स्वीकार गरेको अधिकारीहरुले जनाएका छन् ।

वि.सं.२०७६ पुस २७ आइतवार १४:५८ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...