back
CTIZAN AD

मकाउमा भिजिट नेपाल २०२० को शुभारम्भ,यस्तो भयो कार्यक्रम (भिडियोसहित)

वि.सं.२०७६ पुस २७ आइतवार

909 

shares

२७ पुष, मकाउ। मकाउमा भिजिट नेपाल २०२० को भव्य उद्घाटन भएको छ ।

हङकङ महाबाणिज्यदूतावास, एनआरएनए मकाउ तथा मकाउमा रहेका विभिन्न नपाली संघ संस्थाको सहकार्यमा मकाउमा जनवरी १२ मा भिजिट नेपाल २०२० शुभारम्भ भएको छ ।

महाबाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुखआतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा मकाउमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन पछि मकाउका सरकारी प्रतिनिधिहरु, संचारमाध्यमहरु तथा प्रहरी प्रशासनको समेत उपस्थिति रहेको उक्त उदघाटन समारोहपछि सन्मालो बाब मार्चपास परेडसहित सिन्त्रा होटल पार्कमा आएर कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा महावाणिज्यदूत कमल भट्टराईले नेपाल भ्रमण वर्षका बारेमा आफ्ना भनाई राखेका थिए भने एनआरएनए मकाउका अध्यक्ष पुर्ण गुरुङले सबैमिलेर नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनुपर्ने धारणा राखेका थिए ।

मकाउमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित रहेको उक्त कार्यक्रममा पर्यटकलाई आकर्षण गर्नका लागि नौमती बाजा, नेवारी लाखे नाँच, साकेला नाँच तथा विभिन्न सास्कृति कार्यक्रमहरु समेत गरिएको थियो ।

उक्त कार्यक्रममा जनसम्पर्क समिति, नेपाली प्रबासी मन्च, अन्तराष्ट्रिय नेपाल समाज, चेम्बर्स अर्फ कर्मश मकाउ, ब्रदरहुड बडि बिल्डिङ एसोसियसन, गुरुङ तमु समाज, तामा घेदुङ पश्चिमेली समाज, राई तथा लिम्बुवान लगायतका संघसंस्था समेत सहभागी रहेका थिए ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा ऐक्यबद्धता जनाउँदै संसारभरी छरिएर रहेका नेपाली संघ संस्था तथा दूतावासको आयोजनामा विभिन्न कार्यक्रम गर्दै स्थानीय पर्यटकलाई नेपाल भ्रमण वर्षको सन्देश दिइरहेका बेला मकाउमा पनि भव्य रुपमा नेपाल भ्रमणवर्षको उद्घाटन गरिएको हो ।

मकाउमा पहिलोपटक झाकि तथा लाखे नाँचसहित प्रचार प्रसार गरिरहँदा स्थानीय तथा बाहिरी देशका नागरिकले रोचक मानेर हेरिरहेका थिए ।

उक्त कार्यक्रममा खानाको व्यवस्था नेपाल चेम्बर्स अफ कर्मश मकाउले गरेको बताइएको छ ।

वि.सं.२०७६ पुस २७ आइतवार १५:३० मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...