नेपाली शब्द साइनुबाट बनेको शब्द हो ‘साइनो’ । साइनो भन्नाले हामीले नाता–सम्बन्ध बुझ्छौं। साइनो दुई प्रकारका हुन्छन्
(१) रगतको साइनो २) भावनाको साइनो।
आखिर साइनो नै सम्बन्ध हो। साहित्य क्षेत्रमा पनि विभिन्न विधा मार्फत कविताको सृजना गरिन्छ। त्यसरीनै भर्खरै नेपाली मन–मस्तिष्क तथा नेपाली माटोमा उमारिएको कविताको उप–विधा साइनो एकदमै नयाँ विधा हो,यो विधा यस भन्दा पहिले कहिँ कतै प्रयोग नगरिएको पनि जानकारी गराउन चाहन्छु । यस विधामा यसको पहिलो गुच्छा अर्थात हरफ (सात) ७अक्षर समूह, दोस्रो (आठ) ८अक्षर समूह र तेस्रो (नौ) ९ अक्षर समूहको हुन्छ। हलन्त अर्थात काटिएका आधा अक्षरलाई समाबेश गरिएको छ भने प्रयोग गर्न सकिनेछ तर अक्षर संख्यामा गणना भने गरिएको छैन र गरिने छैन । प्रत्येक हरफ आफैँमा अर्थवान् हुन्छन, प्रत्येक हरफका आफ्नै छुट्टै अर्थ लाग्नुपर्ने हुन्छ, स्वतन्त्र अर्थ पनि बुझ्न सकिन्छ तर समग्रमा तीनवटै हरफबाट एउटा सिङ्गो गहन अर्थ वा भाव निस्कदा हामीले साइनो मानेका छौं।
साइनोको पहिलो प्रयोगकर्ता (प्रणेता) साहित्यकार अध्यापनरत श्री छायादत्त न्यौपाने ‘बगर’ हुनुहुन्छ। वहाँले मिती २०७६ साउन १६ गते फेसबुक मार्फत प्रसारण गरिसकेपछि हामीले पनि यसलाई निरन्तरता दिएका हौं । साइनोले मस्तिष्क र हृदयलाई पनि झङ्कृत तुल्याउछ। मन मस्तिष्कमा झंकार आउनु नै साइनो हो। हामी लगातार साहित्यिक साइनो यात्रामा छौँ। साहित्यिक क्षेत्रमा साइनोको लोकप्रियता बढ्दै गैइरहेको छ।
हाम्रा आदरणीय साइनोकार मित्रहरूबाट विभिन्न साहित्यिक कार्यक्रममा साइनो बाचन गर्ने क्रम जारी छ। आदरणीय साइनोकारहरु ः: केशव ज्ञावली, खेमलाल पोख्रेल, हरि चौलागाईं, धतानन्द शर्मा, कृष्ण पौडेल, मिना डांगी, बिष्णु पादुका, सुरेन्द्र शाही ‘गुलाव कान्छो’, बद्री उप्रेती, बिनोद नेपाल, उद्दव प्याकुरेल, सीता सुवेदी पन्थी, कृष्ण बाउसे, सविता भट्टराई, प्रमोद भट्टराई, आकास पौडेल, लोक बस्याल, हेम खडका, घन थापा, टीका भण्डारी, राम आचार्य पुष्प प्रेमी, लालचन्द्र लम्साल, हरिभक्त पौडेल, सीता शर्मा, कविता घर्ती मगर, सुरेश काफ्ले ‘बिदारक’, हेमन्त तिवारी, नैना सुब्बा बराइली, बिष्णु काफ्ले लगायत धेरैजनाले लेख्दै आइरहनु भएको छ।
यसैगरी रामु पराजुली, उदयराज गौतम, निलकण्ठ तिवारी, देवी गौतम, भोज ब राना मगर, थमन थापा मगर र ऐक्यवद्धता मासिक पत्रीकाको सम्पादक मिना शर्मा तिवारीले पनि साइनो लेखन सुरु गर्नुभएको छ।
केही नमुना :
१) डोको नाम्लो हरायो,
फरिया चोली सहर
शून्य छ डाँडैको चौतारो !!
२) भो मुस्कान नपोख !
खुसी अल्झेला तारमा,
अञ्जलीमा अट्दैन मायाँ !!
३) श्रमजीवीको आँसु,
कृषि क्रान्ति कागजमा,
लोकतन्त्रमा नुन छैन।
४) मुलको पानी मिठो ,
कूल राम्रो कस्तो हुन्छ ?
गोमन गर्वमै बिषालु !!
(बालकुमार क्षेत्री)
१) एकता दिवस यो !
बाँडिएको छ समाज,
भ्रममा नहोस् राष्ट्रियता !
(मीना शर्मा तिवारी)
१) थारो दुधालु छैन
काम नदिने भएछ
घांसै खिचिदिने जमाना
(निलकन्ठ तिवारी)
१) त्यो लामो अभियान
म तिम्रो गर्वे सदस्य
सहरको बिचमा सुर्को !
(उदयराज गौतम)
वि.सं.२०७६ पुस २७ आइतवार १५:४१ मा प्रकाशित






























