back
CTIZAN AD

बा, म इतिहास पढ्दिन

वि.सं.२०७६ पुस २७ आइतवार

1K 

shares

बा, तपाईले कान बटारे पनि बटार्नुस
कान समातेर उठबस गराए पनि गराउँनुस
सिर्कनाले हान्नुस या गोर्खे लौरी लाउँनुस
सप्पै यातनाहरू दाह्रा किटेर खप्छु
तर , तर म
यो पटक म आदेश पालना गर्दै गर्दिन
म त्यो झुटो इतिहास पढ्दै पढ्दिन !

बा, त्यहाँ त
हत्यारालाई नायक भन्नु पर्छ
षडयन्त्रकारीलाई
सवैभन्दा लायक भन्नु पर्छ
हाम्रो राष्ट्र खानेहरूलाई त्यहाँ
राष्ट्र निर्माता भन्नु पर्छ
यस्तो आफैलाई मोसो दल्ने काम
म मरिगए गर्दिन
म तिनीहरूले लेखेको इतिहास पढ्दै पढ्दिन !

बा, तपाईले नै भन्नुभएको हैन
हामी आफ्नै सुख दुखमा थियौं,
उनीहरू कोदोबारीको देशबाट आए
र हाम्रो फाँट देखेर आँखा गाडे ।
उनीहरू भीर र पहराबाट आए
र हाम्रो उपत्यका देखेर लोभिए ।
उनीहरू बर्बर युगबाट फुत्त निस्के
र हाम्रो सभ्यता देखेर विस्मित भए ।
उनीहरू दहचोकमा आए र किल्ला गाढे
त्यसपछि आए र हामीलाई जिस्काए ।
आफ्नो सेना नायक गुमाएर फर्के
उनीहरू फेरि आए
र हामीलाई ढुङ्गा हान्न थाले
भाइको आँखा खसालेर भागे
पल्किएको स्यालजस्तै
उनीहरू फेरि पनि आए
महिनौं घेरा हाले
हामीलाई भोकभोकै राखे
पर्खाल फोरे र भित्र पसे
हाम्रा टाउका काटे हात खुट्टा काटे
हाम्रा नाक काटे, कान काटे
यसरी उनीहरूले हामीलाई लुटे !
यसरी लुटिएको कुरा
कसरी एकीकरण हुन्छ बा ?
बा, तिमी जतिसुकै रिसाऊ
जतिसुकै थप्पड हान
म एक पढ्दिन, दुई पढ्दिन, तिन पढ्दिन
म लुटेराहरूको इतिहास पढ्दै पढ्दिन ।

बा तिमी मलाई
इतिहास पढ्न कर नगर
बरु इतिहास लेख्न भन
म यो जाली इतिहासलाई च्यात्न चाहन्छु
र पराजितहरूको इतिहास लेख्न चाहन्छु ।

मेरा बा,
आफ्नो इतिहास नहुनेको
आफ्नो वर्तमान पनि हुदैन
र भविष्य त झनै हुदैन ।
म मेरा सन्तानको भविष्यको लागि
आफ्नै इतिहास लेख्न चाहन्छु
जहाँ हत्यारालाई हत्यारा लेखियोस
र लुटेरालाई लुटेरा नै लेखियोस !

मेरा बा !
म जुत्ताको माला लाउँन तयार छु
तर परायाहरूको इतिहासलाई
मेरो हो भनेर पढ्न तयार छैन
म मेरा पुर्खाको चिहानमाथि
उनीहरूबाटै हत्या गरिन तयार छु
तर आत्महत्या गर्न तयार छैन
म जिउँदै मर्न तयार छैन ।

२०७६्र०९्र२७
भक्तपुर

वि.सं.२०७६ पुस २७ आइतवार १५:५५ मा प्रकाशित

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

कालो आँधीले तातेको नेपाली साहित्यको बजार

काठमाडाैँ । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...