back
CTIZAN AD

आजको सेयरबजार ४३ अङ्कले वृद्धि , कारोबार रकम सवा अर्बमाथि

वि.सं.२०७६ पुस २७ आइतवार

753 

shares

२७ पुस, काठमाडौँ । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ विन्दुले बढेर २७२.७३ मा पुगेको छ । बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ ।

नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि देखिएको छ । बैङ्किङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैङ्क ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको रु पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको रु चार करोड सात लाख ८१ हजार ११०, शिवम् सिमेन्टको रु तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको रु तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको रु तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको रु दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

नेप्सेका अनुसार प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । एशियन लाइफ इन्स्योरेन्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.७ प्रतिशतले कमाए ।

यस्तै माउन्टेन हाइड्रो नेपालका शेयरधनीले २.१५, सिनर्जी पावर २.०८, सिटिजन म्युचुअल फण्ड र युनियन हाइड्रोपावर १.७२, सिन्धु विकास बैंक १.६२ तथा प्राइम बैंकका लगानीकर्ताले १.३९ प्रतिशतले कमाए । बैंकिङ तरलता सहज हुँदै गएको, साना तथा ठूला लगानीकर्ता सक्रिय भएको र लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढ्दै गएकाले शेयरबजारमा उल्लेख्य सुधार आएको हो ।

वि.सं.२०७६ पुस २७ आइतवार १५:५९ मा प्रकाशित

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...