back
CTIZAN AD

‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’ ! हेर्नुहोस् पत्रपत्रिकाको समाचार

वि.सं.२०७६ पुस २८ सोमवार

858 

shares

२८ पुस, काठमाडौँ । आज २०७६ साल पुस २८ गते सोमबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रप्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिका दैनिकमा ‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’ शीर्षकको समाचारले प्राथमिकता पाएको छ यो समाचार अछामको हो । शान्ति तामाङ, तेजराज भट्ट र धुव बीसी ले लेखेको यो समाचारमा महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान चलाएको र कर्णाली र सुदूरपश्चिमका बासिन्दाका मनमा रहेका भावना वा भोगेका यर्थाथतता उल्लेख गरिएको छ ।

त्यस्तै पार्टीले सभामुख उम्मेदवार नतोकेसम्म राजीनामा नदिने उपसभामुखको अडान शीर्षकको समाचार पनि मुख्य पृष्ठमा छापिएको छ । त्यस्तै वरिष्ठ नेता झलनाथ खनाल भन्छन्– उपसभामुखले राजीनामा दिन केही समय माग्नुभएको छ शीर्षकको समाचारले पनि स्थान पाएको छ । वरिष्ठ नेता झलनाथ खनालसँग गरिएको कुराकानीमा खनालले भनेका यी हरफ हुन् यो ।

कान्तिपुर दैनिकमा ‘ संसद् बन्यो गुटबन्दीको बन्धक ’शीर्षकको समाचारलाई मुख्य पृष्ठमा प्राथमिकताकासाथ छापेको छ । यो समाचार दुर्गा खनालले लेखेकी हुन् । त्यस्तै ‘राजनीतिक आडमा क्रसरको मनपरी’ – मन्त्री भन्छन् –‘कानुन छैन, प्रदेश सरकार मूकदर्शक शीर्षकको समाचारले पनि प्राथमिकता पाइको छ । यो धनुषाको समाचार हो । सन्तोष सिंहले लेखेका हुन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा चन्दननाथ गुठीको १०८ रोपनी अतिक्रमण शीर्षकको समाचारले मुख्य पृष्ठमा प्राथमिकता पाएको छ । यो जुम्लाको समाचार हो । प्रकाश उपाध्यायले लेखेको हुन् , त्यस्तै एक महिना संसद् बन्धक शीर्षककले पनि प्राथमिकता पाएको छ । नरेन्द्र साउदले लेखेको समाचार हो यो ।त्यस्तै डीएफओसससहितलाई डेढ करोडको मुद्दा शीर्षकको समाचारले पनि स्थान पाएको छ । सुरेन्द् काफ्लेले लेखेका हुन् ।

राजधानी दैनिकमा रगतमा अचाक्ली मनोमानी अस्पतालपिच्छे फरकफरक मूल्य शीर्षकको समाचारले प्राथमिकता पाएको छ । यो समाचार प्रकाश वलीले लेखेका हुन् ।त्यस्तै छाउपडीविरुद्ध सरकारी अभियान – एक महिनामै १८ सय बढी छाउगोठ भत्काइयो शीर्षकको समाचारले पनि प्राथमिकता पाइको छ । महेश्वर गौतमले लेखेका हन् । त्यस्तै सविन शर्माको ‘बालुवाटारमा सभामुख सकस, बानेश्वरमा सूचना टाँस ’ शीर्षकको समाचारले पनि प्राथमिकता पाइको छ ।
त्यस्तै खोला दोहनकारीको जघन्य अपराध– लिभरले कोखामा घोचेपछि टिपरले किचियो यो समाचरले पनि छापिएको छ । जनकपुरधामको समाचार हो यो सुजीतकुमार झाले लेखेका हुन् ।

गोरखापत्र दैनिकमा चीनका बन्दरगाह नेपाललाई खुला – अनुमति लिएर सिगात्सेसम्म ढुवानी गर्न पाइने शीर्षकको समाचारलाई मुख्य पृष्ठमा प्राथमिकताकासाथ छापिएको छ  । विश्वास रेग्मीको समाचार हो यो ।  त्यस्तै पेचिलो बन्दै सभामुख चयन शीर्षकको समाचारले पनि स्थान पाएको छ । नारायाण काफ्लेले लेखेको समाचार हो यो । त्यस्तै भउचप्रसाद यादवको फलाम खानी उत्खनन अन्तिम चरणमा –परीक्षण गर्दा फालाम भएको पुष्टि शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ यो नवलपरासीको समाचार हो ।

नागरिक दैनिकमा चालु बजेटको अर्धवार्षिक – बलियो सरकारको कमजोर खर्च शीर्षकले मुख्य पृष्ठमा प्राथमिकता पाएको छ । बालकृण ज्ञवालीको समाचार हो । त्यस्तै ओली– दाहाललाई तुम्बाहाम्फेको चुनौती शीर्षैकको समाचारले पनि प्राथमिकता पाएको छ । टपेन्द्र कार्की र ईश्वरी सुवेदीको समाचार हो ।

वि.सं.२०७६ पुस २८ सोमवार ०८:०१ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...