back
CTIZAN AD

जब ८५ वर्षीय नेता मोहनविक्रम सिंहलाई टिभीमा देखिन मन लाग्यो…

वि.सं.२०७६ पुस २८ सोमवार

765 

shares

२९ पुष, काठमाण्डौं । अर्धभूमिगतका रुपमा रहेका नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह अब टिभीमा देखिने भएका छन् ।

अर्धभूमिगतरुपमा रहेका नेताको पार्टी अझै भूमिगत छ । तर, अब महामन्त्री सिंहलाई भने टिभीमा देख्न पाइने भएको छ । महामन्त्री सिंहले आफ्नो पार्टीमा अन्तरवार्ता दिन र देखिन मिल्ने निर्णय गराएका छन् । महामन्त्री सिंहले यसलाई पार्टीको निर्णय भन्दै ८५ वर्षको उमेरमा टिभीमा देखिन रहर गरेका छन् ।

किन देखिने भए त टिभीमा महामन्त्री ?

टिभीमा देखिन लागेको बारेमा गरिएको कुराकानीमा महामन्त्री सिंहले आफू टिभीमा देखिएर प्रत्यक्ष कुराकानी गर्दा वा अन्य रुपमा देखिदा जनता सामु आफ्नो विचार प्रभावकारी रुपमा संप्रेषण हुने निष्कर्षका आधारमा पार्टीले यस्तो निर्णय गरेको सिंहको तर्क गरेको सोमबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

‘टेलिभिजनमा दृश्यसहित देखिन जाने निर्णय मेरो व्यक्तिगत इच्छा होइन । मैले चाहेर पनि केही हुँदैन । पार्टीको राष्ट्रिय परिषद् बैठकले टेलिभिजनमा दृश्यसहित जाँदा उपयुक्र्त हुन्छ भन्ने भएपछि निणय भयो,’ व्यक्तिगत इच्छा नभएको दोहोर्याउँदै सिंहले भने, ‘तर म खुला आमसभा, सेमिनार, गोष्ठिमा जान पाउँदिन । यो पार्टीले निर्णय गरेकै छैन । खालि टेलिभिजनमा दृश्यसहित देखिने गरी जाने निर्णय भयो ।’

नेकपामा एमसीसी संसदबाटै अनुमोदन गर्ने कि नगर्ने, सभामुख कसलाई बनाउने र उपसभामुखको राजीनामाको झगडा छ । कांग्रेसमा १४ औं महाधिबेशन केन्द्रीत झगडा चलिरहेको छ । तर, मसालले भने महामन्त्रीलाई टेलिभिजनमा देखाउन सक्ने निर्णय गरेर धेरैलाई अचम्मको बनाएको भन्ने विश्लेषण समेत गरिएको छ ।

वि.सं.२०७६ पुस २८ सोमवार ०९:३३ मा प्रकाशित

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...